काठमाडौं । कम्बोडियामा आयोजित मिस प्लानेट प्रतियोगितामा नेपालकी अनिषा पराजुलीले ‘मिस हृयुमानिटी’को टाइटल चुम्नुभएको छ । मिस प्लानेटको चौंथो संस्करणमा यूएईले उपाधि जित्दा नेपालले पहिलोपटक कुनै पनि विधामा जित हासिल गरेको हो ।
वीर नर्सिङ क्याप्समा मास्टर्स अध्ययनरत अनिशा मनोचिकित्सक नर्स हुनुहुन्छ । केही समयअघि काठमाडौंमा भएको नर्सहरूको सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल पिस’ मा उनी फस्र्ट रनअरअप बन्नुभएको थियो ।
सोही सफलतापछि उहाँ नेपालको प्रतिनिधित्व गर्दै कम्बोडिया पुग्नुभएको थियो । मिस प्लानेटको थिम यसवर्ष ‘विकास सँगसँगै मानसिक स्वास्थ्य सचेतना’ रहेको थियो ।
प्रतियोगितामा अनिषा टप २० सम्म पुग्नुभएको थियो । प्रतियोगितामा मिस प्लानेट इन्टरनेटसनल यूएई र मिस एन्जल प्लानेट इन्टरनेसनलको उपाधि मिस इन्डोनेसियाले पाउनुभएको छ । दुवै विधाको बराबरी महतव हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा आयोजक राष्ट्र मिस कम्बोडियाकी सुन्दरीले अन्तिम समयमा आफ्नो नाम फिर्ता लिनुभएको थियो । उहाँको स्थानमा मिस कम्बोडियामा रनरअप भएकी सुन्दरीलाई स्थान दिइएको थियो । उहाँ टप २० मा अटाउन सक्नुभएन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच