
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशको स्वाधिनता, स्वाभिमानको रक्षा र राष्ट्रहितका पक्षमा एमाले उभिएको बेलामा निरन्तर प्रहार भइरहेको भन्दै त्यसको जवाफ कीर्तिपुरका जनताले दिनुपर्ने बताउनुभएको छ ।
बिहीवार कीर्तिपुरमा आयोजना भएको एमाले चुनावी सभालाई सम्बोधन गर्दै उहाँले एमालेको अगुवाईमा नेपाली सांस्कृतिक जागरणको नेतृत्व गर्ने थलो कीर्तिपुर भएको भन्दै एमालेका पक्षमा मतदान गरेर कीर्तिपुर देशको पक्षमा रहेको सन्देश दिनुपर्ने बताउनुभएको हो ।
उहाँले देशमा आन्दोलन हुँदा, देशका सीमाहरु मिचिँदा देशको स्वाधिनता र स्वाभिमानमाथि हमला हमला हुँदा कीर्तिपुर सधैँ अगाडि आउने गरेको बताउनु भयो ।
उहाँले नेपालमा राजनीतिक अस्थिरताका कारण विकास हुन नसकेको समेत बताउनु भयो । बलिया शक्तिले देशको नेतृत्व गर्नुपर्छ भन्ने मान्यताका आधारमा देश बनाउन युवाहरू राजनीतिमा आउन आवश्यक रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो,‘कीर्तिपुर संधै देशको शक्ति आन्दोलनको केन्द्रका रुपमा रह्यो । जतिबेला देशमाथि आन्दोलन हुने गर्दछ, देशका सीमाहरु मिचिने गर्दछन्, नेपालको स्वाधिनता र स्वाभिमानमाथि हमला हुने गर्दछ, त्यतिबेला कीर्तिपुर जरुक्क उठ्ने गर्दछ । देश, राष्ट्रियता र स्वाधिनताका पक्षमा उभिने कीर्तिपुरको परम्परा रहेको छ । यो देशको स्वाधिनता, स्वाभिमानको रक्षा र राष्ट्रहितका पक्षमा नेकपा एमाले उभिएको बेलामा जुन प्रकारको हमला भइरहेको छ त्यो हमलाको जवाफ अब कीर्तिपुरका जनताले दिनुपर्दछ । कीर्तिपुर देशभक्तहरुको कीर्तिपुर हो । देशका पक्षमा कीर्तिपुर उभिन्छ भन्ने कुराको सन्देश यो उपचुनावको माध्यमबाट कीर्तिपुरले दिनुपर्दछ भन्ने कुरा म तपाईहरुको बिचमा राख्न चाहान्छु । नेपाली सांस्कृतिक जागरणको नेतृत्व समेत भएको थलो कीर्तिपुर हो । सांस्कृतिक जागरणको अभियानमा नेकपा एमाले सधैं साथमा रह्यो । अब देश बनाउन युवाहरु पनि राजनीतिमा आउन आवश्यक छ । देशको नेतृत्व ठुलो राजनीतिक शक्तिले गर्नुपर्ने आधारमा पनि तपाईहरु राजनीतिमा जोडिनुस् ।’
नेवारी संस्कृति, नेवारी भाषालाई राष्ट्रियस्तरमा स्थापित गर्नको लागि एमालेले गरेको अगुवाई कीर्तिपुरको महत्वपूर्ण भुमिका र साथ रहेको रहेको उहाँले बताउनु भयो । कीर्तिपुरको मेयर पदका एमालेबाट डा। सुरेन्द्र मानन्धर उम्मेदवार रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच