काठमाडौं । रामेछापमा बस दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको निधन भएको छ ।
सो दुर्घटनामा गोकुलगंगा गाउँपालिका ४ बेतालीका वडाध्यक्ष रामचन्द्र बस्नेतको निधन भएको प्रहरीले जनाएको छ । मृतक बस्नेत नेपाली कांग्रेसबाट निर्वाचित हुनुहुन्थ्यो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गाडी ३ सय मिटर तल खसेको छ । मृत्यु हुनेमा २ पुरुष, २ जना महिला र एक बच्चा रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको ७१२३ नम्बरको सुमो गोकुलगंगाको फर्पु जिरोकिलोबाट नमाडीस्थित सिमखोला भन्ने स्थानमा दुर्घटना भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच