काठमाडाैं । नेपालमा आयोजना हुने काभा पुरुष भलिबल क्लव च्याम्पियनसिपमा कुल चार राष्ट्रका पाँच टोलीले प्रतिष्पर्धा गर्ने भएका छन् । नेपाल भलिबल संघको आयोजना र सेन्ट्रल एशियन भलिबल संघ(काभा) को संयोजनमा आगामी मंसिर २२ देखि २९ गतेसम्म नेपालमा क्लव च्याम्पियनसिप हुँदैछ ।
उक्त च्याम्पियनसिपमा नेपालको दुई क्लवसहित इरानको चादौर मालो क्लव, भारतको कालिकट हिरोज र माल्दिभ्सको एचडिसी क्लवले चुनौती प्रस्तुत गर्ने भएका हुन् । नेपालका भने लिग च्याम्पियन हेल्प नेपाल स्पोर्टस् क्लव र गण्डकी प्रदेशले क्लव च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्दैछन् । नेपाल भलिबल संघले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।
भलिबल संघले काभा महिला नेसन्स लिग आयोजना गरेपछि यस वर्ष दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न लागेको हो । काभा पुरुष क्लव भलिबल पहिलोपल्ट शुरु हुँदा नेपालमा आयोजना हुँदैछ । काभा महिला क्लव भलिबल माल्दिभ्समा भएको थियो । जहाँ नेपालको टोली नेपाल पुलिस क्लव अपराजित रहँदै च्याम्पियन बनेको थियो ।
पछिल्ला समयमा अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा सफलतासँगै भलिबल संघले अन्तर्राष्ट्रिय प्रतियोगिता पनि आयोजना गर्दै आएको छ । भलिबल संघले क्लव च्याम्पियनसिप गर्न करिब एक करोड खर्च लाग्ने अनुमान गरेको छ । राष्ट्रिय खेलकुद परिषद्ले २५ लाख अनुदान प्रदान गर्ने बाँकी विभिन्न संघसंस्थाहरूबाट प्रायोजन लिने संघले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच