मलेसिया । मलेसियाको उत्पादक मूल्य सूचकाङ्क अक्टोबरमा २.४ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ । जसले उत्पादक स्तरमा सामानको मूल्य परिवर्तन मापन गर्दछ । डिपार्टमेन्ट अफ स्ट्याटिस्टिक्स मलेसियाले यो गिरावट मुख्यतया खानी क्षेत्रमा १७.३ प्रतिशतले घटेको बताएको छ ।
कच्चा तेल निकासीको सूचकाङ्क २१.७ प्रतिशतले घटेको छ भने प्राकृतिक ग्यास निकासीको सूचकाङ्क १.७ प्रतिशतले घटेको छ । त्यसबाहेक उत्पादन क्षेत्र पनि २।६ प्रतिशतले घटेको छ । कृषि, वन र मत्स्यपालन क्षेत्र १३.८ प्रतिशतले बढेको छ ।
उपयोगिता क्षेत्रका लागि खानेपानी परिसूचक ६।९ प्रतिशतले बढेको छ भने विद्युत् र ग्यास आपूर्ति सूचकाङ्क ०.८ प्रतिशतले बढेको छ । मासिक आधारमा अक्टोबरमा उत्पादक मूल्य सूचकाङ्क ०.७ प्रतिशतले घटेको छ । सिन्ह्वा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच