काठमाडौं । वरिष्ठ अभिनेता कृष्ण मल्ललाई सम्मान गरिएको छ । अभिनेता मल्ललाई काठमाडौंमा आयोजित एक विशेष समारोहमा नेपाल फिल्म सोसाइटीको १२औँ साधारणसभाबाट केन्द्रीय अध्यक्षमा पुनः निर्विरोध निर्वाचित भएकोमा सम्मान गरिएको हो ।
वरिष्ठ अभिनेता मल्ल र सम्पूर्ण नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई एसएस फाउण्डेसनका तर्फबाट अध्यक्ष मदनदास श्रेष्ठ, साहित्यिक पत्रकार संघका तर्फबाट अध्यक्ष राधेश्याम लेकाली, उप्रेती सेवा समाजका तर्फबाट कोषाध्यक्ष खेम उप्रेती र बस्याल (राउत फाउण्डेसन (अमेरिका) का तर्फबाट प्रतिनिधि हेम पाठकबाट बधाई पत्रसहित सम्मान गरिएको थियो ।
गीतकार एवं समाजसेवी शोभित उप्रेतीले सहजीकरण गरेको सो कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
सोसाइटीको कार्यसमितिका अन्य पदाधिकारी र सदस्यहरूमा प्रथम उपाध्यक्षमा निर्माता मोहनकृष्ण श्रेष्ठ, द्वितीय उपाध्यक्षमा नारायण प्रधान र तृतीय उपाध्यक्षमा राकेश खड्का निर्वाचित हुनुभएको छ । त्यसैगरी महासचिवमा राजेन्द्रकुमार बिसुराल, सचिवमा टंकनाथ पौडेल र कोषाध्यक्षमा शंकरलाल श्रेष्ठ र सहकोषाध्यक्षमा दुर्गा बिशुराल निर्वाचित हुनुभएको छ ।
यसैगरी सोसाइटीका सदस्यहरूमा क्रमशः सुनिल कटुवाल, मधुकुमार श्रेष्ठ, गोपालकाजी कायस्थ, शिवहरि बैरागी, शर्मिला मल्ल, आरपी पन्त र सुभाष खड्का सर्वसम्मत चयन हुनुभएको छ । नेपाल फिल्म सोसाइटीको शाखा अमेरिका र बेलायतमा समेत रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच