बुटवल । बुटवलमा नयाँ सिनेमाघर फ्रेण्ड्स सिनेमाज औपचारिकरूपमा सञ्चालनमा आएको छ । २२२ सिट क्षमताको यो हल शुक्रबारदेखि सञ्चालनमा आएको हो । यो सिनेमाघर अमरपथस्थित सिंह कम्प्लेक्समा छ । धरानको चर्चित फ्रेण्ड्स सिनेमाजको फ्रेन्चाइजका रूपमा ल्याइएको यो हल रोयल सिने हब प्रालिले सञ्चालन गरेको हो ।
तीन युवा, जो हाल चलचित्र वितरणमा समेत सक्रिय र सफल हुनुहुन्छ- आशिष तामाङ, प्रदिप धामी र पुष्कर घिमिरले फ्रेण्ड्स सिनेमाजको ब्राण्ड विस्तार गर्ने क्रममा बुटवलमा यो दोस्रो हल सञ्चालन गर्नुभएको हो । आफूहरूले नयाँ व्यवस्थापन, अत्याधुनिक प्रविधि तथा दर्शकलाई विविध सेवासुविधा र सहुलियतका साथ हल सञ्चालनमा ल्याएको सञ्चालकमध्येका एक आशिष तामाङले बताउनुभयो । हलमा नेपाली चलचित्रलाई नै प्राथमिकता दिने दाबी सञ्चालक टिमको छ ।
हल सञ्चालनसँगै चलचित्र वितरणमा समेत छोटो समयमै आफूलाई स्थापित गरिरहेको यो टिमले कुवेर सिने डिस्टिब्युसनमार्फत् हालसम्म ‘फर्की फर्की’, ‘कुश्मा’ र ‘१२ गाउँ’ जस्ता चलचित्र वितरण गरिसकेको छ भने अब ‘उनको स्वीटर’, ‘बलिदान’, ‘रेशम फिरिरी’ लगायतका चलचित्र दर्शकमाझ ल्याउँदै छ । चलचित्र वितरणसँगै भविष्यमा फिल्म निर्माण अनि देशका अन्य स्थानमा फ्रेण्ड्स सिनेमाज विस्तार गर्ने योजना टिमको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच