काठमाडौं । विश्वविद्यालयका विद्यार्थीहरूको संस्था एसोसिएसन अफ मेकानिकल इन्जिनियरिङ स्टुडेन्टले आयोजना गरेको ‘अल नेपाल गो-कार्ट कम्पिटिसन कलेज-टु-कार्ट्स’का विजेता धरानको आईओई, ईआरसी टिम बनेको छ । त्यसैगरी सम्पूर्ण इन्जिनियरिङ कलेजका विद्यार्थीहरूबीच भएको मोटरस्पोर्ट्स इन द बक्समा थापाथली क्याम्पसका किरण कार्की विजेता बन्नुभयो भने काठमाडौं विश्वविद्यालयका सुयांश ढुंगाना उपविजेता बन्नुभयो ।
यस्तै, वेष्ट इनोभेसन अवार्ड काठमाडौं विश्वविद्यालयको टिम पाइलाले पाएको छ । सरकारी ड्राइभिङ तथा राइडिङ लाइसेन्स प्राप्त सहभागीहरू नासा नेपालको ‘मोटर स्पोर्ट्स इन दि बक्स’ कार्यक्रममा सहभागी भएका थिए, जुन कार्ट्सको फरक प्रतियोगिता हो । यो अन्तर्राष्ट्रिय अटोमोबाइल फेडरेसन (एफआईए)को ग्रासरुट मोटर स्पोर्ट्सको नयाँ अभियान हो ।
काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरूको इनोभेटिभ अभियान अभियान्ता २४ नामक वार्षिक फ्ल्यागसिप कार्यक्रमको सन्दर्भमा सो इभेन्ट सम्पन्न भएको हो । सो इभेन्टलाई नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल)को ‘कलेज टु कार्ट्स’ इभेन्टसँग सम्बन्धन गरिएको छ । विजेतालाई नासा नेपालका सचिव निरज खड्का, सहकोषाध्यक्ष कमला क्षेत्री तथा नासा नेपाल र काठमाडौं विश्वविद्यालयका पदाधिकारीलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
धुलिखेलको हिमालयन मोटरल्याण्डमा सो इभेन्ट सम्पन्न भएको हो । यो भन्दा पहिले सो कार्यक्रमका सहभागीहरूको ट्रेनिङ तथा ओरिएन्टेसन काठमाडौं विश्वविद्यालयलको सभा हलमा भएको थियो ।
उक्त ओरिएन्टेसनमा कार्ट्सको डिजाइन तथा सुरक्षा विधि, प्रतियोगिताको नियम, मार्सलिङ विधि तथा राष्ट्रिय मोटो स्पोर्ट्सको ड्राइभरको प्रशिक्षण, लाइसेन्सिङ तथा महिला कार्ट्स ड्राइभरका लागि छुट्टै प्रशिक्षणसमेत दिइएको थियो ।
एफआईए वल्र्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, काठमाडौं विश्वविद्यालयका प्राडा.डानियल तुलाधर र नासा नेपालका ट्रेनिङ तथा मार्सल कमिसनका प्रमुख यदुराज लामिछानेलगायतले प्रशिक्षण दिनुभएको थियो ।
इभेन्टमा नेपालभरिका विभिन्न पाँचवटा इन्जिनियरिङ कलेजका छवटा टिम र उनीहरूले तयार गरेका कार्ट्सहरूको प्रतिस्पर्धा भएको थियो र प्रत्येक टिमबाट सातजना गरी जम्मा ४२ विद्यार्थीहरूको सहभागिता रहेको थियो । त्यसैगरी मोटरस्पोर्ट्स इन द बक्समा एक महिलासहित १२ सहभागी थिए ।
विजयी उत्कृष्ट खेलाडीले आगामी वर्ष श्रीलंकामा हुने एसिया प्यासिफिक मोटोस्पोर्ट च्याम्पियनसिपमा नासा नेपालको तर्फबाट सहभागिताको अवसर पाउने छन् । विद्यार्थीहरूले सो इभेन्टमा आ–आफ्नो विज्ञता र कौशलता अनुरुप सीप, डिजाइन, सिर्जनशीलता प्रदर्शन गर्दै प्रतिस्पर्धामा उत्रेका थिए ।
सानिमा हाइड्रोपावर, डब्लुडिएन, नेपाल टेलिकम र अष्टेक नेपालद्वारा प्रायोजित तथा सहकार्य रहेको सो इभेन्ट नासा नेपालमा समेत आबद्ध रहेको छ । सो इभेन्टको कुल पुरस्कार राशी नगद एक लाख नगद रहेको छ । एक हप्ते सोसल मिडिया कन्टेस्टका विजेतालाई एक गुणस्तरीय कार्ट्सको हेल्मेट प्रदान गरिनेसमेत घोषणा गरिएको छ ।
नेपालमा नौलो र चुनौतीपूर्ण मानिएको मोटर स्पोर्ट्स विधामा काठमाडौं विश्वविद्यालय तथा विभिन्न इन्जिनियरिङ कलेजका विद्यार्थीको उत्साह, क्रियाशीलता, प्रत्यक्ष सहभागिताले नयाँ इनोभेटिभ कार्यमा थप मद्दत पुग्नुका साथै नेपाली मोटो स्पोर्ट्स नयाँ उचाइमा पुग्ने विश्वास रहेको छ । इभेन्टको संयोजन आशीषमान रौनियारसहितको नासा नेपालका मार्सल तथा भोलेन्टियरले गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच