नयाँदिल्ली । टि-२० क्रिकेटमा तपाइँले ब्याटिङ, बलिङ र फिल्डिङमा विश्व कीर्तिमान बन्ने र तोडेको देख्नुभएको छ तर, भारतको सैयद मुश्ताक अली ट्रफीमा दिल्लीको टोलीले ११ खेलाडीलाई बलिङ गराएर विश्व कीर्तिमान बनाएको छ । दिल्लीले मणिपुरविरुद्धको खेलमा सबै ११ खेलाडीलाई बलिङ गराएर कीर्तिमान बनाएको हो । एउटै खेलमा एउटा टिमका सबै खेलाडीले बलिङ गरेको टी-२० इहितसमा यो नै पहिलो भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यसअघि टी-२० को एक इनिङ्समा सर्वाधिक ९ बलर प्रयोग हुनेगरेको थियो तर, अहिले त्यो रेकर्ड तोडेर सबैलाई बलिङ गर्न लगाएको हो ।
खेलमा मणिपुरले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । मणिपुरको सुरुवात खराब रहृयो र ओपनर कंगबम प्रियजित सिंह शून्य रनमा आउट हुनुभयो । यसपछि दिल्लीका कप्तान आयुष बधोनीले यस्तो रणनीति अपनाउनुभयो कि जुन वास्तवमै अचम्मको थियो । उहाँले आफ्नो टोलीका सबै खेलाडीलाई बलिङ गराउनुभयो । आयुष सिंहका अलावा अखिल चौधरी, हर्ष त्यागी, दिग्वेश राठी, मयंक रावतले बलिङ गर्नुभयो । यसपछि आयुष बधोनी विकेटकिपिङ छोडेर आफैं बलिङमा आउनुभयो । यीबाहेक आर्यन राना, हिम्मत सिंह, प्रियांश आर्य, यश धुल र अनुज रावतले पनि बलिङ गर्नुभयो ।
दिल्ली टोलीका सबै ११ खेलाडीले बलिङ गरे पनि मणिपुरको टोलीले १२० रन बनाउन सफल भयो । दिल्लीका लागि उत्कृष्ट बलिङ दिग्वेश राठीले गर्नुभयो । उहाँले दुई विकेट लिनुभयो । त्यस्तै, हर्ष त्यागीले दुई तथा कप्तान आयुष बधोनीले एक विकेट लिनुभयो । कुनै बेला मणिपुरले ४१ रनमा ६ विकेट गुमाएको थियो तर, अन्तमा रेक्स सिंहले २३ रन र अहमद शाहले ३२ रन बनाएर टिमलाई १२० रनमा पुर्याउनुभयो । खेल भने दिल्लीले जितेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच