एजेन्सी । विश्व फुटबल महासंघ (फिफा)ले ‘फिफा वर्ष खेलाडी अवार्ड’को मनोनयनमा पर्न सफल खेलाडीहरूको नाम सार्वजनिक गरेको छ । लामो अनिश्चिततापछि फिफाले सार्वजनिक गरेको सम्भावित विजेताको सूचीमा समकालीन विश्व फुटबलका महान खेलाडीमध्येका एक लियोनल मेस्सीको नाम पनि समावेश गरिएको छ ।
अमेरिकाको मेजर लिग सकर (एमएसएल) क्लब इन्टर मायमीमा हात पारेको उपलब्धि र अर्जेन्टिनासँग जितेको कोपा अमेरिकाको उपाधिले मेसीलाई उत्कृष्ट ११ पुरुष फुटबलरको सूचीमा उभ्याएको हो । तथ्यांक र उपलब्धिमा उहाँको करिअरसँग तुलना गर्दै आएका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो भने मनोनयनमा पर्नुभएन । उहाँ साउदी अरेबियन क्लब अल नासरमा खेलिरहनुभएको छ ।
कीर्तिमानी रूपमा आठपटक बालोन डी’ओर अवार्ड जितिसक्नुभएका अर्जेन्टिनी स्टार मेस्सी हाल अमेरिकी क्लब इन्टर मियामीबाट व्यावसायिक फुटबल खेल्नुहुन्छ । मनोनयनमा पर्न सफल खेलाडीहरूको सूचीमा भिनिसियस जुनियर र रोड्री पनि रहनुभएको छ । यसका अतिरिक्त जुड बेलिंगम र डानी कार्भाजललाई पनि मनोनयनमा समावेश गरिएको छ ।
यसैगरी, अर्लिङ हालान्ड, टोनी क्रुस, केलियन एमबाप्पे, फेड्रीको भल्भेर्ड र लामिन यामललाई पनि मनोनयनको सूचीमा समावेश गरिएको छ । अघिल्लो दुई संस्करणको अवार्ड मेस्सीले जित्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच