बिलबाओ । युरोपा लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले जित हात पारेको छ । बिहीबार राति सम्पन्न खेलमा रासमस होजलुन्डको उत्कृष्ट प्रदर्शनको मद्दतमा युनाइटेडले नर्वेजियन टोली बोडो ग्लिम्टलाई ३-२ ले पराजित गरेको हो । नयाँ प्रशिक्षक रुबेन अमोरिमको नेतृत्वमा युनाइटेड पहिलो जित दर्ता गर्न सफल भएको हो ।
होजलुन्डको पासमा पहिलो मिनेटमै अलेजान्ड्रो गार्नाचो गोल गर्नुभएको थियो । खेल रोमाञ्चक मोडमा पुगेपछि युनाइटेडले पुनरागमन गर्दै दुई जित र तीन बराबरीसहित प्रतियोगितामा अपराजित यात्रा जारी राखेको हो । होजलुन्डले हाफटाइमअघि बराबरी गोल फर्काउनुभयो । दोस्रो हाफको पाँचौं मिनेटमा म्यानुएल उगार्टेको क्रसमा उनले निर्णायक गोल गर्नुभएको थियो ।
यसैगरी, लिगकै अर्को खेलमा टोटनहम र रोमाले २-२ को रोमाञ्चक बराबरी खेलेका छन् । बिहीबार राति टोटनहमको मैदानमा रोमाले इन्जुरी समयमा गोल गर्दै अंक खोसेको हो । यसअघि खेलको पाँचौं मिनेटमा सन हुङ मिनको पेनाल्टी गोलमा टोटनहमले अग्रता बनाएको थियो । पाउल डिबलाको पासमा इभानले २०औं मिनेटमा बराबरी गोल गर्नुभएको हो ।
ब्रेमन जानसनले ३४औं मिनेटमा २-१ को अग्रता बनाउनुभएको थियो । तर, इन्जुरी समयमा मार्टस हुमल्सले गोल गर्दै रोमालाई हारबाट जोगाउनुभयो । बराबरपछि टोटनहमले चौथो स्थानमा उक्लने अवसर गुमाएको छ । पाँच खेलबाट १० अंकसहित टोली नवौं स्थानमा छ । रोमा ६ अंकसहित २१औं स्थानमा रहृयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच