काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न सुदूरपश्चिम रोयल्सका अलराउन्डर ब्राण्डन मक्मलेन नेपाल आइपुग्नुभएको छ । दायाँ हाते ब्याटर मक्मलेनले स्कटल्यान्डबाट १६ टी-२० आईमा ६ अर्धशतकसहित ४९७ रन बनाउनु भएको छ । उहाँले सन् २०२३ मा जर्मनीविरुद्ध खेल्दै टी-२० आईमा डेब्यु गर्नुभएको थियो । उहाँ स्कटल्याण्डको ओडिआई टोलीको पनि सदस्य हुनुहुन्छ । २६ ओडिआईमा उहाँले तीन शतक र दुई अर्धशतकसहित ८८८ रन बनाउनु भएको छ ।
सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेशन पार्टनर, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स, इन्स्योरेन्स पार्टनरमा सलिको, ट्राभल पार्टनरमा राइका टुर्स एण्ड ट्राभल्स, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रूपमा भित्र्याएको थियो । एनपिएलको अवधिभर टोलीले म्यारीयट काठमाडौंमा बसोबास गर्न सहकार्य सम्झौता गरिसकेको छ ।
राष्ट्रिय टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहनुभएको सुदूरपश्चिमको मुख्य प्रशिक्षकमा जगत टमाटा हुनुहुन्छ । यसैगरी टोलीले अष्ट्रेलियाका ब्राड हजलाई मेन्टरका रूपमा नियुक्त गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच