काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)का निम्ति कर्णाली याक्सले मुख्य प्रायोजकमा अटोमोबाइल उत्पादक कम्पनी महिन्द्रा÷अग्नि ग्रुपसँग सम्झौता गरेको छ । शुक्रबार काठमाडौंमा दुई पक्षबीच सम्झौता भएको हो ।
सम्झौतापत्रमा कर्णाली याक्सका मालिक झनकदत्त खनाल र महिन्द्राकी उपाध्यक्ष वेदा सताशा श्रेष्ठले हस्ताक्षर गर्नुभयोे । कार्यक्रममा हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सका उपाध्यक्ष सुजन खनाल, कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरे, महिन्द्रा रिसर्च एण्ड डेभलपमेन्ट म्यानेजर वेदान्त श्रेष्ठ, मार्केटिङ म्यानेजर सन्तोषी नेपाल, फेस अफ कर्णाली याक्स स्वस्तिमा खड्का, योंगेस्ट फेस अफ कर्णाली याक्स अर्पित कार्कीको उपस्थित थियो ।
महिन्द्रा/अग्नि ग्रुपका उपाध्यक्ष श्रेष्ठले कर्णाली याक्ससँग जोडिन पाउँदा खुशी भएको बताउँदै शुभकामना व्यक्त गर्नुभयो। ‘आगामी लिगको लागि कर्णाली याक्ससँग जोडिन पाउँदा खुशी छौं । कर्णाली याक्सलाई प्रतियोगिताको लागि शुभकामना ।’ यस्तै, कर्णाली याक्सको स्टेन्थ पार्टनरमा टेन प्लास्ट र फेन्टासी पार्टनरमा ड्रिम ११ सँग सम्झौता गरिएको छ ।
ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले चार विदेशी खेलाडी अनुबन्ध गरेको छ । कर्णाली याक्सले गएको साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टिममा अनुबन्ध गरिसकेको छ । उहाँ एनपीएल खेल्ने सबैभन्दा ठूलो नाम हो ।
टिममा वेष्ट इण्डिजबाट टेस्ट खेलिसकेका चाडविक वाल्टन, हङ्कङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायात पनि हुनुहुन्छ । यस्तै, टिममा नेपाली राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्सन झा, देव खनाल, नन्दन यादव छन् । ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की हुनुहुन्छ । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे हुनुहुन्छ । ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्सका रूपमा छनोट गरिएको छ ।
कर्णाली याक्सले यसअघि कलाकार स्वस्तिमा खड्कालाई फेस अफ कर्णाली याक्स नियुक्त गरिसकेको छ । टिमको युथ एम्बास्डरमा सिसन बानियाँ हुनुहुन्छ । हस्पिटालिटी पार्टनरमा होटेल हिल्टन रहेको छ । कर्णाली याक्सले आफ्नो पहिलो खेलमा जनकपुर बोल्टको सामना गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच