काठमाडौं । नेपाल-श्रीलंकासँग ५५ रनले पराजित भएको छ । यु-१९ एसिया कपअन्तर्गत शुक्रबार दुबईमा भएको खेलमा नेपालले ४६.२ ओभरमा अलआउट हुँदै १७८ रनमात्र बनाउन सक्यो । श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा १७८ रनमा अलआउट भयो । ओपनर मयन यादवले सर्वाधिक ६२ रन बनाउनुभयो ।
श्रीलंकाका प्रवीण मनीशाले नौ ओभरमा ३० रन दिएर तीन विकेट लिनुभयो । न्यूथन रञ्जितकुमार, मथुलान कुगथास, विहास थ्योमिकाले दुई-दुई विकेट लिनुभयो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ५० ओभरमा सबै विकेट गुमाएर २३३ रन बनाएको थियो । श्रीलंकाका सरुजन सनमुगनाथनले सर्वाधिक ६२ रन बनाउनुभयो । त्यस्तै लकविन अभेसिंगेले ५० रन बनाउनुभयो । कविजा गमागेले ३७ रन बनाउनुभयो ।
नेपालका सन्तोष यादवले १० ओभरमा ४५ रन दिएर चार विकेट लिनुभएको थियो । त्यस्तै युवराज खत्रीले दुई तथा कप्तान हेमन्त धामी र नरेन साउदले एक–एक विकेट लिनुभएको थियो ।
यु-१९ एसिया कपमा नेपाल ‘बी’ समूहमा रहेको छ । श्रीलंकापछि नेपालले बंगलादेश र अफगानिस्तानसँग खेल्नेछ । समूह ‘ए’मा भने भारत, पाकिस्तान , युएई र जापान रहेका छन् । नेपालले समूह चरणको दोस्रो खेल आइतबार बंगलादेशविरुद्ध खेल्नेछ । मंगलबार हुने समूह चरणको अन्तिम खेलमा नेपाल अफगानिस्तानविरुद्ध मैदान उत्रनेछ । समूह चरणका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनल खेल डिसेम्बर ८ मा हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच