काठमाडौं । शनिबार (आज)देखि काठमाडौंमा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपिएल) लाई मध्यनजर गर्दै सम्पूर्ण क्रिकेटप्रेमीले अनवरतरूपमा खेलको आनन्द लिन पाऊन् भन्ने उद्देश्यसाथ नेपाल टेलिकमले ‘एनटी क्रिकेट धमाका प्याक’ सार्वजनिक गरेको छ । नेपाल टेलिकमले प्रायोजन गरेको सुदूरपश्चिम रोयल्स टिमसँगको मिट एण्ड ग्रेट कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल तथा सुदूरपश्चिम रोयल्सका प्रमुख स्वतन्त्र प्रताप शाहले संयुक्तरूपमा एनटी क्रिकेट धमाका प्याकको शुभारम्भ गर्नुभएको हो ।
योजनाअन्तर्गत प्रिपेड तथा पोष्टपेड मोबाइल प्रयोगकर्ताका लागि छ सय ९९ मा तीन सय जिबी डाटा उपलब्ध हुनेछ, जसमा प्रतिदिन १० जिबी डाटा प्रयोग गर्न सकिने र १० जिबीको लिमिट पूरा भए बाँकी समय तीन एमबिपिएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ । त्यसैगरी चार सय ९९ मा प्रतिदिन पाँच जिबीका दरले एक सय ५० जिबी डाटा उपलब्ध हुनेछ, जसमा पाँच जिबीको लिमिट पूरा भए बाँकी समय दुर्ई एमबिपिएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ ।
पोष्टपेड प्रयोगकर्ताका लागि मासिक रेन्टलसमेत समावेश गरिएका धमाका प्याकको समयावधि ३० दिन रहेको छ भने प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन समयावधि रहेको छ । एनटी क्रिकेट धमाका प्याक पुस ६ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक अर्यालले सम्पूर्ण खेलप्रेमीको खेलप्रतिको लगाव सम्बोधन गर्ने प्रयासस्वरूप सबैले नेपाल प्रिमियर लिगका खेल सस्तो दरमा आफ्नै डिभाइसमा सहज तवरले हेर्न सकून् भन्ने उद्देश्यले धमाका प्याक सार्वजनिक गरिएको बताउनुभयो ।
नेपाल प्रिमियर लिग सम्पन्न हुने कीर्तिपुरस्थित क्रिकेट मैदानमा हुन सक्ने क्रिकेटप्रेमी दर्शकको अत्यधिक चापलाई ध्यानमा राखी अविच्छिन्न दूरसञ्चार सेवा प्रवाह गर्न कम्पनीले मैदानवरिपरि स्मल सेललगायतका उपकरणका साथै क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) को अनुरोधमा मिडिया सेन्टर सञ्चालनका लागि एक जिबिपिएस गतिका दुई थान एफटिटिएच निःशुल्क जडानसमेत गरिएको कम्पनीका प्रवक्ता हरि ढकालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच