ललितपुर । लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता भन्ने नाराका साथ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको पाँचौँ दिन आफन्त नेपालले ललितपुरको नखिपोटमा चेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । मानव बेचबिखन तथा लंैगिक हिंसा अन्त्यमा विगत १८ वर्षदेखि क्रियाशील आफन्त नेपालले ललितपुर महानगरपालिका १४, जिल्ला प्रहरी परिसर जावलाखेल र सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा प्रभातफेरी तथा सडक नाटक प्रदर्शन गरेको हो ।
कार्यक्रममा ललितपुर महानगरपालिका १४ का वडाध्यक्ष अमृतजंग महत, ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल, प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराई, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका सहायक निर्देशक भूमिप्रसाद पाठकलगायतको उपस्थिति थियो ।
आफन्त नेपालका अध्यक्ष मोहन चम्लागाईं र कार्यकारी निर्देशक एलिसन पाण्डेसहित स्थानीय वडा सदस्य, महिला स्वयंसेविका, नागरिक समाजका प्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीलगायत करिब पाँच सयजनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।
सो अवसरमा कार्यकारी निर्देशक एलिसन पाण्डेले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विभिन्न जिल्लामा स्थानीय सरकार तथा संघसंस्थासँगको सहकार्यमा सचेतनामूलक गतिविधि सञ्चालन गरिरहेको जानकारी गराउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच