काठमाडौं । ज्योति विकास बैंक र नियो मनी ट्रान्सफर प्रालिबीच सम्झौता भएको छ । सम्झौताअन्तर्गत विदेशबाट नियो मनी ट्रान्सफरमार्फत् पठाइएको रेमिट्यान्स रकम ग्राहकले अब ज्योति विकास बैंकका नेपालभरिकै विभिन्न शाखामार्फत् सजिलै प्राप्त गर्न सक्नेछन् ।
नियोसँगको सहकार्यले रेमिट्यान्समा निर्भर रहने व्यक्ति र परिवारलाई छिटो, सुरक्षित र सहज वित्तीय सेवाहरू सुनिश्चित गर्ने बैंकले जनाएको छ । बैंकका अनुसार नियो मनी ट्रान्सफरसँगको एकीकरणले बैंकको वित्तीय समावेशन प्रवद्र्धन गर्न र वित्तीय समाधानका लागि विश्वसनीय साझेदारका रूपमा स्थान सुदृढ गर्न प्रतिबद्धता प्रदर्शन गर्नेछ ।
साथै, डिजिटलाइजेसन सेवालाई सक्रियरूपमा प्रवद्र्धन गर्दै बैंकले ग्राहकलाई सुविधाजनक र सुरक्षित पहुँच प्रदान गर्न डिजिटल बैंकिङ प्लेटफर्मलाई थप व्यवस्थित र उन्नत बनाउँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच