काठमाडौं । एंकर बाई पानासोनिकले जिभा स्विच सकेट ल्याएको छ । कम्पनीले एक कार्यक्रमबीच आफ्नो नवीनतम आविष्कार, जिभा स्विच सकेट उत्पादन लन्च गरेको हो । कार्यक्रममा एक सय ५० प्रमुख बिक्रेता र उद्योग प्रतिनिधिहरूको सहभागिता थियो ।
कार्यक्रममा एंकर बाई पानासोनिक भारतबाट योशियुकी काटो, विशाल नाङलिया र सुनसुके मिजोको उपस्थिति थियो । उनीहरूले वस्तुको गुणस्तर, नवीनता र खुद्रा बिक्रेता र उपभोक्तालाई समानरूपमा मूल्य प्रदान गर्न ब्राण्डको प्रतिबद्धतालाई जोड दिएका थिए ।
कम्पनीका अनुसार जिभा उत्पादन एंकर बाई पानासोनिकको उत्कृष्टताको नवीनतम प्रयासको प्रमाण हो, जसले प्रतिस्पर्धी बजारमा ब्राण्डका लागि नयाँ सुरुवातको प्रतीकलाई जनाउनेछ ।
अत्याधुनिक प्रविधि र आधुनिक सौन्दर्यशास्त्रका साथ डिजाइन गरिएको जिभाले स्थायित्व, कार्यक्षमता र शैली प्रतिनिधित्व गर्छ, जसले ग्राहकको विलासिताका आवश्यकताहरू पूरा गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच