✍️ सुरेशकुमार भट्ट
एउटा गाउँमा साह्रै राम्रोसँग चलिरहेको देखिन्थ्यो एउटा घर परिवार । अरूले भन्थे फलानाको घर परिवार कति सुन्दर त्यस्तो पो परिवार । यसरी टिप्पणी गरेको गाउँका केही डाढेलाई फेरि मनमनै बिझाएको पनि थियो होला । यस्तो इष्र्यालु स्वभावका मानिस कहाँ पो हुँदैनन् र यो गाउँमात्र अपवादमा रहोस् । यमराजले नदेखेको कहाँ छ र ? कालले सानो ठूलो धनी गरिब बाल वृद्ध केही भन्दैन ।
स्वर्गसरी चलिरहेको साधुरामको घरमा एकै चोटि बज्रपातपरे झैँ एकै रातको बेथाले साधुराम स्वर्गको बाटो लिए । दुई छोरी एक छोरा र घरको सारा अभिभारा एक्लि सरिनालाई पर्यो । काल रमायो, शत्रु मनमनै हाँस्यो स्वर्गीय सुखभोग गरेर बसे कि सरिनासँग दुःख र कष्टले पो एकै साथ प्रिति गाँस्यो । कर्म त गर्नै पर्यो चलन अनुसार जेठानीले आएर सबैकुरा सान्त्वना दिएर हेर्न गर्दिन थालिन । लोकले भन्छ मरेको भोलि पल्ट दुईदिन आखिर दिन जाँदै गर्दा मर्नेको सम्झनालाई घर व्यवहारले ओझेलमा पार्दै लग्यो लान्छ सबैको त्यही हो जीवन चक्र ।
बेलाबेला उनी साँक्कसुक्क गरी फलाक्दै रुँदै गरि रहन्थिन । आजपनि पिँढीको छेउमा बसेर रोइरहेकी थिइन्, त्यति बेलै आँगन छेउको पर्खालमा आएर एकजना अर्ध उमेरका गाउँका इनेगिनेका मुखिया कान्छा बसे । किनकि उनको गोडा कमजोर हुनाले टाढाको शवयात्रा जाँदैनथे । लाँदैनथे उनको काम मानिस मरेको घरमा एउटा साथी लिएर कोरा बार्ने, केरा, आलु, अदुवा घिउ फलफूलको जोगाड गर्न सिकाउने गराइदिने र दैनिक रूपमा क्रियापुत्री पँधेर जाँदा सँगसँगै जाने सँगै आउने ।
आफ्नो अर्को नभन्ने, कसैलाई रिझाइराख्ने षड्यन्त्र नगर्ने, गफिलो, खदिलो, रवाफिलो र फितलो सबैतिरको विचार जिम्मेवार पक्षले पुर्याउनै पर्दछ नत्र यो जुनी आहार, विहार र मैथुनको लागि मात्रै हुन्छ । सास त खलातीले पनि फेर्छ तर त्यहाँ चैतन्य हुँदैन । प्राण र चैतन्य नहुनेसँग जम्मिेवारी हुँदैन ।
बेलाअनुसारको एउटा एउटा टुक्का टुकुना भन्ने रोइराकालाई पनि एकैछिन भने नि हँसाइदिने । अनि सान्त्वनादिने संसार हेरेर चित्त बुझाऊ जन्मेपछि नमर्ने को छ ? ढुंगा हो र प्राणीको जिउ ? जन्म नै नपर्ने, अनि मर्नु नि नपर्ने त्यही भएर त देवताको रूपमा पुजेको । देवता न जन्मन्छन् न मर्नैपर्छ । ढुंगासँग ठ्याक्क कुरा मिल्छ देवताको त्यही भएर बोल्दैन नि । आ दाइ पनि, उहाँ त जानु भयो गइहाल्नु भयो । हामी बाँच्नेलाई अब घर व्यवहारको छिहिरो कसरी थाम्ने ? भन्ने पिरलोले मन उडिराका बेला अर्तिउपति र सहयोगका कुरा गर्लान् भन्दा झन् के के भनिरा नै । हो न अर्ति र ओखती नि नमागी नचाही दिने र खाने होर भन्या ? नानी ।
लामो सास फेरिन् सरिनाले र भनिन्, यत्रो गृहस्थी छ म एक्लैले कसरी समालेर लाने ? आच्या हामी छैनौँ कि क्या हो ? खेत रोप्नुप¥यो हली चाहियो कसले जोतिदिने ? हामी जोत्न सक्दैनौँ कि क्या हो ? हामी जोतिदिउँला पर्मलाउँला । पाखाखेती लाउनुप¥यो । धत्तेरी हामी लाइदिउँला । रुखको घाँस झार्नुपर्यो ? त्यो पनि केही छैन एकैछिन त हो । खाइदिने र गरिदिने मान्छे चाहियो नि ? ल खाने मान्छे चाहिए मै खाउँला गर्ने मान्छे चाहिए मै गरिदिउँला भएन । नसके खोजौँला, केटाकेटी नहुर्कुन्जेल । हुर्केपछि तिनकै हुकुम चल्छ जसो त होला । अहिले नै काम सकिएपछि घरमा सुत्नसमेत डर लाग्छ, किन डर मान्या म आएर सुतिीदिउँला ।
‘तपाईं सबै कुरा हुन्छ गरौँला भन्नुहुन्छ, तल्लो स्वाँरा र पँधेरे खेत किन्दा ल्याएको पचास हजार ऋण छ, त्यो कसले तिरिदेला ? कसरी निखनेर आफ्नो बनाउने ?’ ‘खोइ कोही नि बोल्दैन त बोल न गामले हो अरू नि ।’ सुन्नुस् यता, मादलेलाई इजारको बारी गरिखा भनेर बाजेले दिनुभयो अहिलेसम्म छोड्ने कुरै गर्दैन । आयस्ता मात्र नभएर जमिनै उसैको जस्तो गरेर खाइरा’छ, त्यसलाई मुन्ट्याएर खेद्ने निकाल्ने कल्ले ? तपाईंको त मित कि को पर्छ भन्या होइन ?’
‘होइन ए गाउँले हो म मात्रै कति बोल्ने ? लौन है तिमेरू नि बोल’ यिनले कुरा त अक्करमा पुर्याइन् भनेर गाउँलेतिर फर्किएर मुखियाले भने सबै गललल हाँसे । एक जनाले भने यो हाँसेर र रोएर समस्या सल्टदैन जुक्ति बुद्धि र कूटनीति लाउनुपर्छ । सजिलो जति मुखिया आफैँ गर्न तम्सने असजिलो परेपछि अरूलाई गुहार्ने वा दोष दिएर पन्छाइदिने । यो प्रवृत्ति समाजमा सिरान पुछारै छ, शासकदेखि शासितसम्म नै । माहात्म्य–मूलभूत समस्या कुन हो ? नगरी नहुने कुन हो ? कुन काम नगर्दा व्यवहार चौपट हुन्छ ?
आफ्नो अर्को नभन्ने, कसैलाई रिझाइराख्ने षड्यन्त्र नगर्ने, गफिलो, खदिलो, रवाफिलो र फितलो सबैतिरको विचार जिम्मेवार पक्षले पु¥याउनै पर्दछ नत्र यो जुनी आहार, विहार र मैथुनका लागि मात्रै हुन्छ । सास त खलातीले पनि फेर्छ नि तर त्यहाँ चैतन्य हुँदैन । प्राण र चैतन्य नहुनेसँग जम्मिेवारी हुँदैन, जसले चलायो उसैको चैतन्य माफिक चल्छन् आफ्नो चैतन्य नहुनेहरू । चेतनशील प्राणी र चेतनहीन प्राणीमा यही भेद छ । किनकि मानिस चेतनशील प्राणी हो । तसर्थ चेतनामा चलेन भने खलाँतीसरह हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच