ठट्टा होइन नायकत्व कहिल्यै यो धीर गम्भीर छ ।
गट्टा बन्नु हुँदैन ‘शासक’ कबै, यो प्राण अस्थीर छ ।।
गर्दै न्याय समत्व पोख ममता नेतृत्व आदर्श हो ।
जित्द्यौ शासित चित्त देशहितको सुस्वप्नको स्पर्श हो ।। १।।
ल्याऊ राष्ट्र उचाल्न आर्थिक नयाँ सिद्धान्तका योजना ।
ल्याऊ राष्ट्र उचाल्न धार्मिक उचा कल्याणका भावना ।।
सच्चा नायक नै सुशासक बनी, चम्के धरा-धाममा ।
स्वार्थी शोषक धूर्त नायक सबै, सुक्छन् कडा-घाममा ।। २ ।।
जे छन् प्राकृत स्रोत साधन, यहाँ गर्दै सफा दोहन ।
नौला उद्यम सीप जाँगर कला भित्रै छ सम्मोहन ।।
बोक्छन् जो जनकामना हृदयमा हुन्छन् धरा-नायक ।
हेपिन्छन् ‘जनता जनार्दन भने त्यै बन्छ नालायक ।। ३ ।।
पुत्ला ख्याक बनेर जो मुलुकमा, चर्का वितण्डा भरी ।
चन्दा दान विदेशका ऋण लिँदै दाइँबरादो गरी ।।
त्यस्ता दुष्ट र रुष्ट क्रुद्ध अगुवा बन्नेछ नालायक ।
जो मान्छन् ‘जनता’ ‘जनार्दन’ यहाँ नेतृत्व हो लायक ।। ४ ।।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच