साहित्यलाई पुनसिर्जन मान्ने अरस्तु साहित्यमा समाज आउनुपर्छ र साहित्यकार आफ्नो कृतिमा पोखिनुपर्दछ भन्ने धारणा राख्छन् । समाजको सामाजिक र समाजले भोगेका सबै कुरा साहित्यमा पोखिएको हुनुपर्नेमा दार्शनिक अरस्तु आफ्ना धारणामार्फत बाहिर आएका छन् । साहित्यले समाजको बिम्बलाई साहित्यकारमार्फत बाहिर ल्याउनु आवश्यक देख्छ पूर्व पनि । साहित्यको आफ्नो मूल्य हुन्छ र ती मूल्यलाई साहित्यकारले साहित्यका माध्यमबाट अनिवार्य रूपमा बाहिर ल्याउन सक्नुपर्दछ । यदि समाजको मूल्य कृतिमार्फत साहित्यकारले बाहिर ल्याउन सकेन भने कृतिले पूर्णता पाउँदैन र साहित्यकार समाजको नजरमा स्थापित पनि हुन सक्दैन । यही हो साहित्यको मूल्य र मान्यता पनि ।
झापामा जन्मेर उच्च शिक्षा हासिल गरेकी सुमन वर्षाले अभ्यन्तर कथासङ्ग्रह (२०८१) सार्वजनिक गरकी छन् । पशुपति क्याम्पसमा अध्यापनरत यिनको यो चौथो कृति हो । समाजको प्रतिबिम्बन पोखिएको यसमा उनी सरल तरिकाले अभिव्यक्त भएकी छिन् । साहित्यमा हुनुपर्ने भाव र साहित्यको मर्मलाई उनले गतिलो तरिकाले पस्केकी छन् । कता-कता पहिले लेखिएका कृतिभन्दा केही भिन्न अवस्थाको परिवेशलाई उनको कृतिले उतारेको छ । साहित्यकार वर्षा आफैँ पोखिएकी छिन्, बगेकी छन् र खारिएकी छिन् । खारिएको कलमबाट बाहिर आएका अभ्यन्तरका कथाहरू आफैँमा सरलतातिर बगेका छन् ।
समाजको दुःखेसो
शिखा बुक्सले प्रकाशनमा ल्याएको र अठार कथाहरू भएको यो कृतिअभ्यन्तर नै छ । समाजको भित्री कुरोलाई कथाकारले टपक्क टिपेर राखेको देखिन्छ । आजको समाज प्रविधिले सजिएको समाज हो । समाजका अभ्यन्तरलाई छिचोले पनि मानिसका अभ्यन्तरमा कताकता छिचोल्न सक्ने अवस्था छैन । कथाकार वर्षाले छिचोलेकी छिन् समाज यो कृतिमा । बगेकी छिन् उनी यो कथासङ्ग्रहमा पोखिएर । विविधताले युक्त नेपाली समाज र समाजका सबै पक्ष समेट्न सकिँदैन पनि । समाज बेथितिले भरिएर आएको छ यो कृतिमा । समाजका अन्तरकुन्तरमा छिरेकी छिन् सुमन ।
कथाका पात्रहरू विविशतामा बाँचेका छन् । सबै पात्रको सुख शारीरिक भए पनि मानसिक रूपमा यो समाजसित पैठाजोरी खेलिरहेका छन् । समाजको सामाजिक व्यवस्था र आजको विज्ञानले निम्त्याएको परिवेशसित कथाका पात्रहरूको झगडा नै चलेको देखिन्छ । यो पुरुषप्रधान समाजसित नारी पैठाजोरी खेलेका छन् ।
समाजको अभ्यन्तरभन्दा पनि कथाका पात्रको अभ्यन्तर यो सङ्ग्रहमा पोखिएको छ । अभ्यन्तरलाई पुष्टि गर्दै कथाकार भन्छिन् बाहृय जे देखिन्छ वा सोचिन्छ, भित्रभित्र अभ्यन्तरमा केही अरू नै हुँदोरहेछ र थाहा नभइन्जेल मान्छे बाहृयतिर रुमलिने रहेछ । यही हो मानिसको नियति पनि । अभ्यनर र बाहृयमा सधैँ रुमलिएको हुन्छ मान्छे । अभ्यन्तरमा मडारिन चाहन्छ बाहृयले धकेलिरहेको हुन्छ । बाहृयमा खेलिरहन चाहन्छ अभ्यन्तरले लखेटिरहेको हुन्छ मान्छेलाई । यही नियति भोगिरहेको छ आजको मानिस ।
कथाका पात्रहरू विविशतामा बाँचेका छन् । सबै पात्रको सुख शारीरिक भए पनि मानसिक रूपमा यो समाजसित पैठाजोरी खेलिरहेका छन् । समाजको सामाजिक व्यवस्था र आजको विज्ञानले निम्त्याएको परिवेशसित कथाका पात्रहरूको झगडा नै चलेको देखिन्छ । यो पुरुषप्रधान समाजसित नारी पैठाजोरी खेलेका छन् । समाजमा अर्काको उन्नतिलाई देखेर आफू पनि धनी बन्ने अभिलाषामा पात्रहरूको बिजोग देखिएको छ । कथाकारले विज्ञानले सिर्जना गरेको उन्नतिलाई कथाका पात्रले चुनौती दिएका छन् कथाकी पात्र डेली भन्छे यो विवशतामा बाँच्न बाध्य बनाउने विज्ञानसँग डेहीले आक्रोश पोखी । उसलाई विद्रोह गर्न मन लाग्यो विज्ञान आफैँमा पूर्ण होइन ।
मानिसको मनको शान्ति नै पूर्णताको परिचय हो । यो सङ्ग्रमा रहेका प्रत्येक पात्रमा नसिक शान्तिको पक्षमा छन् तर शान्ति उनीहरूले कतै पाएका छ्ैन् । शान्ति खोजेको छ भेटेको छैन । समाजको विवशता र बाध्यतालाई कथाकार वर्षाले गतिलो तरिकाबाट उतारेकी छिन् । विज्ञानले दिएको सुखलाई हामीले भोगिरहेका छौँ तर विज्ञानले शान्तिको मार्ग बताउँदैन । उसले मानिसलाई बाँच्न सिकायो । यही विज्ञानलाई चुनौती दिँदै कथाकार भन्छिन् जीवन भनेको जीवन-मृत्युबीचको स्वाभाविक चाल हो । यसैले विज्ञानले अट्टहास गर्छ तर अध्यात्मले मार्ग प्रशस्त गर्छ । कति गहिरो दर्शन कथामा । जीवनलाई कति गतिलो तरिकाले बुझेकी कथाकारले । विज्ञान र अध्यात्ममा फरक कति राम्रो तरिकाले छुट्याएकी कथाकारले । यही हो सुमनको जीवनलाई बुझ्ने चाल पनि ।
मानिस वातावरणमैत्री हुनु अनिवार्य छ । आजको विश्व संसारमा बिग्रँदै गएको वातावरणबारे चिन्तित छ । कथाकार बागमती नदीसित साक्षात्कार गर्छिन् र पात्रका मुखबाट वातावरणलाई चुनौती दिने मान्छेलाई सम्बोधन गर्दै भन्छिन् सभ्यताको नाममा मान्छेहरू असभ्य भएपछि यसरी मैले आफ्नै त संरक्षण गर्न सकेकी छैन, अरू जीवको कसरी संरक्षण गर्ने नानी ? हामीले आफूलाई वातावरणमैत्री बनाउनु अनिवार्य छ । यदि हामीले प्रकृतिको संरक्षण गर्न सकेनौँ भने प्रकृति पनि हामीसित अनुदार हुनसक्छ । मानिस संसारको सर्बोच्च विवेकले भरिएको प्राणी हो ।
उसका अनेक चाहना हुनु स्वाभाविक पनि हो तर चाहनालई पूरा गर्ने नाममा उसले अरूलाई बाधा दिनु हुँदैन यो सत्य हो । कथाकार वर्षाले आफ्नै पात्रलाई यति दृढ बनाएकी छिन् कि इच्छा र चाहनालाई पूरा गर्ने नाममा हामी आफ्नो पहिचानलाई बिर्सनु हुँदैन । कथाकार भन्छिन् इच्छाले हामीलाई वाइड अर्थात् अजिब चिजहरू गर्न फोर्स गरिहेको हुन्छ । इच्छ सधैँ अन्धो हुन्छ । यही इच्छा नै पीडाको कारण हो । खुशी खोज्दाखोज्दै दुःखको भवसागरमा पुग्छौँ । यही हो आजको मानिस र उसले भोगेको संसार पनि । यही संसारमा भौँतारिएका छौँ हामी र हाम्रो जीवन ।
मानिस समाजको त्यो प्राणी हो जसमा जीवनका हरेक तथ्य खुलेर आएका हुन्छन् । तथ्य खुलेनन् भने जीवनको महात्म्य नै कमजोर हुने रहेछ । मानिस मायामा बाँधिएर बाँचेको हुन्छ । मानिसको भाया नै उसको जीवनको महत्व हो । मायाका सन्दर्भलाई अभिव्यक्त गर्दै कथाकार भन्छिन् माया एउटा यस्तो पासो रहेछ, त्यसलाई चुँडाएर हिँड्न सकिँदो रहेनछ । कति गम्भीर छ यो वाक्यको अर्थ । माया अर्थपूर्ण र जीवनलाई गति दिने हुन्छ । मानव जीवनको सबै पक्ष र चाह यही मायामा टिकेका छन् । माया हुँदैनथ्यो भने मानिसले जीवनको रथलाई कहिले पनि बाहिर ल्याउन सक्ने थिएन ।
कथाकारभित्रको विवशता होइन समाजको विविशतालाई कथामा अभिव्यक्त गरिएको छ । नेपाली सहरिया र गाउँले समाजको नाडी छाम्न कथाकार सफल बनेको देखिन्छ । गाउँमा कथाकार पुगेको पाइन्छ भने सहरिया परिवेशमा हुर्केका मानिसको जीवनवृत्त पनि उनिएको छ ।
कथाकार सुमन वर्षा सारै गहन तरिकाले यो कथासङ्ग्रका प्रत्येक कथामा पोखिएकी छिन् । यहाँ मानिसको प्रेम छ । मानिसले भोग्ने गरेको जीवन छ । जीवनमा केही गर्न नसकेको लाचारी छ । सबै पुगे पनि अशान्त बनेको मन छ । मनसित बाँधिएर बसेका मानिसका अनेक प्रकारका विविशताका पोका छन् । ती पोका फुकाउना साथ मानिसको जीवनसित पैठाजोरी खेल्न तम्सेर बसेका समस्या छन् । रोगलागे पनि अस्पतालमा हुने खर्च तिर्न नसकेको पीडा छ ।
विदेशमा पैसा टिप्न पाइन्छ भनेर हुत्तिने युवा पुस्ता छ । त्यस पुस्ताले भोगेको कारुणिक कथा छ । विज्ञानबाट प्रताडित मानिस छ तर विज्ञानले दिएको सुविधालाई भोग्न बाध्य बनेको प्राणी पनि लमतन्न परेको छ । जीवन भोग हो भोग तर होस् नगुमाऊ भन्ने आदर्श पनि छ । भौतिक सम्पन्नता सबै होइन भित्री सुखमा नुनभात पनि मीठो लाग्छ भन्ने पहिचान छ ।
कथाका पात्रहरू सक्रिय छन् । उनीहरूको जीवनयात्रा भने कथामा सहज छैन । उनीहरू विवश जिन्दगी भोग्न बाध्य छन् । जीवन अनमोल छ । सहज तरिकाले भोग्न सिक भन्ने सन्देश पनि छ । यी कथामा रहेका पात्रहरूको जीवन गुडिरहेको छ । कथाकारले जीवनको वास्तविक चित्र उतारेकी छिन् । समाजको बिम्बलाई खोजेकी छिन् । सहयोगी हातहरू भेटेकी छिन् । कुनै पनि कथाका पात्रको जीवन सहज तरिकाले व्यतीत हुनसकेको देखिँदैन । बागमतीसित साक्षात्कार गरेर उनले मिथकीय दृष्टि पनि बाहिर ल्याएकी छन् ।
विदेशमा गएका छोराछोरीले आमाबाबाको पीडा बुझ्न नसकेको तथ्य पनि बाहिर ल्याएकी छिन् । आजकलको पुस्ता आफैँ हुर्किएको हुँ भन्ने अहंलाई पनि बुझाएकी छिन् । आमाबाबु संसारका अनमोल रत्न हुन्, यिनको कदर गर्न सिक भन्ने सन्देश बोकेर पनि कथाहरू अभिव्यक्त भएका छन् । कथाकार बगेकी छिन्, थेग्रिएकी छैनन् । यही हो यो कृतिमा देखिने अनौठोपन पनि ।
भाषिक अभिव्यक्तिमा मिठास
साहित्यकार पाठकसम्म पुग्ने अभिव्यक्ति भाषा हो । भाषामा देखिने निखारले साहित्यकारको अभिव्यक्तिमा मिठास भित्रिएको हुन्छ । पहिले उपन्यास लेखेर कथामा प्रवेश गरेकी सुमन वर्षाको भाषामा मिठास भरिएको छ । सरल वाक्यलाई सहज तरिकाले अभिव्यक्तिको माध्यम बनाएकी छिन् कथाकारले । अङ्ग्रेजी अध्यापन गराउने उनी कताकता अङ्ग्रजी मोहमा परेको भान यदाकदा पाठकलाई हुने गर्दछ । पाठक शब्दको अर्थ नै नबुझ्ने अवस्थामा त पुग्दैन तर अङ्ग्रेजी मोहले भने लेखकलाई पच्छ्याएको देखिन्छ । अभ्यन्तर भित्रका कथामा पाठकले विविधताले भरिएको नेपाली समाज गतिलो तरिकाले अनुभव गर्न सकेको पाइन्छ ।
कथाकारभित्रको विवशता होइन समाजको विविशतालाई कथामा अभिव्यक्त गरिएको छ । नेपाली सहरिया र गाउँले समाजको नाडी छाम्न कथाकार सफल बनेको देखिन्छ । गाउँमा कथाकार पुगेको पाइन्छ भने सहरिया परिवेशमा हुर्केका मानिसको जीवनवृत्त पनि उनिएको छ । बाबुआमाका समस्यालाई समस्या देख्ने पुस्ता छ भने मेरा जन्मदाता हुन् भन्ने पुस्ता पनि सक्रिय छ । जीवनमा धनको महत्त्वलाई सकार्ने पुस्ता कथामा सलबलाएको छ भने चोखो मीठो खाए, पाए पुग्यो भन्ने पुस्ता पनि छ । तेल भिसामा विदेश जाने आमाबुबाको विवश जिन्दगी छ भने प्रेम गरेर पनि प्रेमलाई अस्वीकार गर्ने र इज्ज्तमा लडिबुडी खेल्ने पुस्ता पनि छ । जे होस् समाजको यथार्थ अङ्कन गर्न सिपालु कथाकार सुमन वर्षालाई साधुवाद दिँदै एक पटक अध्ययन गर्नै पर्ने कृतिका रूपमा यो अभ्यन्तर (२०८१) सार्वजनिक भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच