बेला बेलामा देशका लागि केही गर्ने मनिसहरूका बारेमा पुस्तकहरू छापिने गर्छन् । यसरी नै एकजना कर्मवीरका बारेमा एउटा पुस्तक प्रकाशित भएको छ ‘कर्मवीर शेरबहादुर गुरुङ’ शीषर्कमा । उहाँलाई यस पुस्तकमा राजनीतिक, सामाजिक, शैक्षिक, सांस्कृतिक, साहित्यिक जस्ता बहुआयामिक व्यक्तित्वका रूपमा चिनाउन खोजिएको छ । इन्जिनियर नारायणबहादुर गुरुङ र ममता गुरुङ यस पुस्तकको प्रकाशक रहनुभएको छ भने यसको सम्पादन नारायणबहादुर गुरुङ र मनिराज गुरुङले गर्नुभएको छ । पहिलो संस्करणका रूपमा २०७९ साल असोजमा प्रकाशित भएको यस पुस्तकको सर्वाधिकार प्रकाशकमा छ । ५०० को संख्यामा प्रकाशित भएको यस पुस्तकको साजसज्जा केदार अधिकारीले तयार पार्नुभएको छ भने आवरण निश्चल गुरुङको छ ।
त्याग र समर्पण भएका गुरुङ जस्ता व्यक्तिको संस्मरण गर्नु प्रशंसनीय कार्य हो । सबैले यसरी नै आफ्ना पूर्वजहरूको सम्झना गर्नसके उहाँहरूको योगदानको कदर भएको मानिन्थ्यो । शेरबहादुर गुरुङको यो स्मृतिग्रन्थ प्रकाशनमा संलग्न रहनुभएका उहाँका उत्तराधिकारीहरू सबै धन्यवादका पात्र बन्नुभएको छ ।
डिएमआई साइजको यस पुस्तकमा पहेँलो तौलयुक्त कागजको प्रयोग भएको छ । छपाइ स्तरीय छ तैपनि अशुद्धि भने भेटिन्छन् । पुस्तकमा भूमिका खण्डमा ६ र पाठ्याखण्ड तथा तस्वीर खण्डमा ३३४ पृष्ठ गरी जम्मा ३४० पृष्ठ छन् । पुस्तकको मूल्य ३५० रुपैयाँ छ । यसको मुद्रण आवृत्ति छापाखाना प्रा.लि.बागबजार काठमाडौंमा भएको छ । आवरण आकर्षक छ, यहाँ पुस्तकमा समेटिएका गुरुङको पूर्णपृष्ठको फोटो राखिएको छ । माथि ठूला राता अक्षरमा ‘कर्मवीर शेरबहादुर गुरुङ’ भनिएको छ, त्यसमुनि साना अक्षरमा उहाँलाई राजनीतिक, सामाजिक, शैक्षिक, सांस्कृतिक, बहुआयामिक व्यक्तित्व भनिएको छ । पृष्ठावरणमा उहाँसम्बन्धी केही कुरा दिइएको छ ।
वास्तवमा यो पुस्तक दिवंगत व्यक्तिका बारेमा लेखिएको रहेछ । त्यसो भएको हुँदा यसलाई उहाँको स्मृतिग्रन्थ भनेको भए पनि हुनेथियो । शीर्षकले उहाँ जीवित व्यक्ति नै भएको जस्तो देखाउँछ तर पढ्दै जाँदामात्र उहाँको सम्बन्धमा सबै कुरा छर्लङ्ग हुन्छ । पुस्तकको पछाडि उहाँले पाउनुभएका प्रशंसा, प्रमाणपत्र, पदकलगायत, पारिवारिक तथा अन्तिम समयमा दिवंगत भएपछिको संस्कारका समेत फोटाहरू ८० पृष्ठ जतिमा समेटिएका छन् । बेलायती सेनामा रहेर द्वितीय विश्वयुद्धमा विभिन्न मोर्चामा रहेर युद्धको नेतृत्व गर्नुभएको व्यक्तिका उत्तराधिकारी उहाँले आफ्नै निजी खर्चमा बाटो खनाउनेदेखि अनेकौं समाजसेवी कामसमेत गर्नुभएको छ ।
पुस्तकको भूमिका खण्डमा ‘ॐ असतोमा सद्गमय.....’, उहाँको मुहारको स्केच, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सन्देश र नेपाल प्रज्ञा प्रतिष्ठानका तत्कालीन उपकुलपति डा.जगमान गुरुङको ‘शुभकाना’ छन् । त्यसपछि विषयसूची दिएको छ । तस्वीर खण्ड र भूमिका खण्डबाहेक पुस्तक पाँच खण्डमा विभाजन गरिएको छ । सुरुमा पुस्तकको सम्पादक तथा प्रकाशकसमेत रहनुभएका नारायणबहादुर गुरुङले शेरबहादुर गुरुङको जीवनी लेख्नुभएको छ । पहिलो खण्डमा भद्रा घले, मोदनाथ प्रश्रित, प्राडा.गणेशबहादुर गुरुङलगायत दशजना लेखकहरूका उहाँबारेका लेख रचना छन् भने दोस्रो खण्डमा चारजनाका लेखहरू समेटिएका छन् ।
यसैगरी तस्रो खण्डमा पनि केही लेखरूका लेख समेटिएका छन् भने चौथो खण्डमा शेरबहादुर गुरुङका विभिन्न स्मृति समावेश गरिएका छन् । पाँचौं खण्डमा गुरुङ परिवारका पुर्खाहरूको स्मरण गर्नुका साथै उहाँले पाएका मानसम्मान र विभूषणहरूको विवरण लिइएको छ । अन्तिममा तस्वीरहरू समावेश गरिएको छ । यसरी त्याग र समर्पण भएका गुरुङ जस्ता व्यक्तिको संस्मरण गर्नु प्रशंसनीय कार्य हो । सबैले यसरी नै आफ्ना पूर्वजहरूको सम्झना गर्नसके उहाँहरूको योगदानको कदर भएको मानिन्थ्यो । शेरबहादुर गुरुङको यो स्मृति ग्रन्थ प्रकाशनमा संलग्न रहनुभएका उहाँका उत्तराधिकारीहरू सबैलाई धन्यवाद तथा बधाई छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच