रोल्पा । रोल्पामा मंसिर १६ गते हुनगइरहेको उपनिर्वाचनको सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रुन्टिगढि गाउँपालिका वडा न. ४ रोल्पाले बताएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार गाउँपालिकाको वडा न. ४ को वडा अध्यक्ष पदको लागि भोलि १६ गते आइतबार हुनगइरहेको उपनिर्वाचनको लागि मतदान स्थल र मतदान केन्द्रको ब्यबस्थापन गर्ने कार्य र आवश्यक सुरक्षा व्यवस्थाको सबै कार्य पूरा भएको बताइएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनका लागि मतदान अधिकृत र सहायक कर्मचारीहरु तथा सुरक्षा व्यवस्थाका लागी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन भएको बताइएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार जम्मा एक हजार नौ सय जना मतदाता संख्या रहेको वडामा एउटा मतदान स्थल र दुई वटा मतदान केन्द्र रहेको र विभिन्न राजनीतिक दलका ६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको बताइएको छ।
-एल बि मगर





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच