काठमाडाैं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार बनेपछि अर्थतन्त्रमा थपिएका समस्याहरुको जिम्मा सरकारले लिने बताउनुभएको छ ।
शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारपछि अर्थतन्त्रमा आएका समस्याहरुको जिम्मा सरकारले लिने बताउनु भयो ।
उहाँले काँग्रेस—एमाले नेतृत्वको सरकार आएपछिका अर्थतन्त्रमा गरिएका सकारात्मक पहलको जस अहिलेको सरकारलाई नचाहिने बताउनु भयो । उहाँले आफूहरुले गम्भीर समस्याहरुको चाङ प्राप्त गरेको र अहिले सकारात्मकतातिर अघि बढिरहेको बताउनु भयो । उहाँले अर्थतन्त्र सुधारका कामलाई तिब्र पारिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यु बनेपछि अर्थतन्त्रमा समस्याहरु थपिएका छन् भने थपिएको समस्यको जिम्मा मैले लिन्छु, यो सरकारले लिन्छ । यदी समस्या समाधान गर्नका लागि केही प्रयासहरु भएका छन् भने त्यसको जस यो सरकारलाई चाहिँदैन । हामीले अत्यन्त गम्भीर समस्याहरुको चाङ प्राप्त गरेका थियौँ । केही समस्या तपाईंहरुको सुझावका आधारमा समाधान गर्ने प्रयास गरेका छौँ । मेरो बुझाईमा केही सकारात्मक संकेतहरु देखापरेका छन् । सुधारका काम भएका छन् । सुधारको क्रमलाई तिब्र पार्ने सरकारको संकल्प छ । यो संसदले पनि स्थिर सरकार दिन सकेन । तपाईं हामीले भोगेको यथार्थ हो । अस्थिरताको चक्रबाट गुज्रिँदै जाँदा यो संसदभित्र बन्नसक्ने तुलनात्मक स्थिर सरकार बनाऔँ । त्यो सरकारले नीतिगत स्थिरता र स्थायित्व दिओस् न त । उत्पादनका विविध क्षेत्रहरुमा जुन प्रकारले मनोबल टुटेको छ । त्यो टुटेको मनोबल उठाउने कोशिस गरौँ भन्ने सोचका साथ यो सरकार बनेको हो । यो संसदले बनाउने सबैभन्दा गतिलो सरकार यही हो ।’
उपप्रधानमन्त्री पौडेलले सरकारको ध्यान कसरी उत्पादन बढाउने, कसरी समस्याको समाधान गर्ने भन्नेमा रहेको बताउनु भयो । राजश्वको दायरा बिस्तार गर्ने कोशिस सरकारको रहेको बताउनु भयो ।—
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच