पाँचथर । सदरमुकाम फिदिममा आगामी पुस ६ देखि १५ गतेसम्म सञ्चालन हुने ११औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको अफिसियल गीत र भिडियो सार्वजनिक गरिएको छ ।
फिदिम नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा नगरप्रमुख मित्रप्रसाद काफ्लेले गीतको भिडियो सार्वजनिक गर्नुभएको हो । नगरप्रमुख काफ्लेले पाँचथरको शान र प्रतिष्ठाका रूपमा स्थापित फाल्गुनन्द गोल्डकपको सफलताको शुभकामना दिनुभयो ।
प्रतियोगिताको प्रवद्र्धन र प्रचारप्रसारका लागि अफिसियल गीत र भिडियो निर्माण गरिएको आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरले बताउनुभयो ।
डिपी खनालको शब्द तथा शंकर थापा स्माइलको संगीत रहेको गीतमा प्रताप दास, किरण भुजेल, देवेन्द्र बराल, कमल श्रेष्ठ, अशोक मुकारुङ, ससिका राई, ममता गुरुङ, दीपा सुहाङ, मुना ठटाल, दिप्सन लिम्बू, खेम सुब्बा र नोगेन हाङरुम्बाको स्वर रहेको छ ।
प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लब, मोफसलका उत्कृष्ट र अन्तर्राष्ट्रिय टोली गरी दश टिमलाई सहभागी गराइने फिदिम स्पोर्टिङ क्लबका महासचिव पासाङ तामाङले जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच