काठमाडौं । जनक रावल र विमला रिजालको स्वरमा रहेको गीत ‘मुखले तिमी बोलिनौ’ सार्वजनिक भएको छ । जनककै शब्द एवं संगीत, सन्दीप कार्कीको एरेञ्ज र विशन मानन्धरको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
मुकेश नेपालीको निर्देशन रहेको गीतको भिडियोमा विकास लामिछाने र अञ्जु चौलागाईंलाई फिचरिङ गरिएको छ । गीतमा माया प्रेमका भावना व्यक्त गरिएको छ ।
वीरेन्द्र भाट ‘विपिन’को छायांकन रहेको गीतको भिडियो विपिनकै सम्पादन छ । भिडियो गीतकार रावलकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । केही समय पहिले ‘खाटा बसेको घाउ’ कथासंग्रह पाठक माझ ल्याउनुभएका जनकको ‘सिमसिमे पानी पर्यो’, ‘भुल्यौं कि मायाले’लगायत थुप्रै गीत लोकप्रिय छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच