
काठमाडौं । चीन भ्रमणको संघारमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ ।
भोलिदेखि सुरू हुन लागेको चीन भ्रमणको पूर्व सन्ध्यामा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाउनु भएको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आइतबार साँझ ५ बजे बस्नेगरी बैठक बोलाएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण र नेपालले तय गरेका एजेण्डाका बारेमा छलफल हुनेछ । चीनसँग हुन गइरहेको बीआरआई सम्झौताका बारेमा पनि छलफल हुने बुझिएको छ ।
समाचार स्रोतका अनुसार सत्तारुढ दुई दल कांग्रेस र एमाले बीआरआईबारे समझदारीमा पुगेका छन् । दुई दलीय संयन्त्रले जुटाएको सहमतिका आधारमा चीनसँग बीआरआई कार्यान्वयनबारे नयाँ सम्झौता हुने लगभग निश्चित भएको स्रोतको दाबी छ ।
शनिबार दुई दलका शीर्ष नेताहरुले सम्झौताको मस्यौदालाई अन्तिमरुप दिएको बुझिएको छ ।
बीआरआइका लागि चीनसँग ऋण लिनु नहुने अडान कांग्रेसले राख्दै आएको थियो भने एमाले यस विषयमा नखुलेको भएपनि आवश्यकता अनुसार ऋण लिन सकिने पक्षमा रहेको यसका नेताहरुले बताउँदै आएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच