✍️ डा.नारायण सुवेदी
नसर्ने रोगहरूको बढ्दो विश्वव्यापी भारसँगै, बालबालिकामा मोटोपन रोक्नका लागि विश्व स्वास्थ्य संगठनले सन् २०१९ मा बालबालिकाका लागि २४ घण्टे शारीरिक गतिविधि सम्बन्धी निर्देशिका तयार पार्दै शारीरिक सक्रियताको विषयलाई प्राथमिकतामा राखेको छ । यो निर्देशिकाले बालबालिकामा शारीरिक गतिविधिको सन्तुलन, सीमित स्क्रिन समय र पर्याप्त निद्राको समयका लागि सिफारिश गर्दछ । यसका अनुसार, पाँच वर्षमुनिका बालबालिकाले दैनिक रूपमा कम्तीमा १८० मिनेटको शारीरिक गतिविधि जसमा कम्तीमा ६० मिनेट ऊर्जावान् खेलमा संलग्न भएको हुनुपर्ने, स्थिर पमा स्क्रिनमा बिताएको समय १ घण्टाभन्दा रूकम हुनुपर्ने र १० देखि १३ घण्टा गुणस्तरीय निद्रा सुतेको हुनुपर्ने मापदण्ड सिफारिश गर्दछ ।
यस अनुसन्धानका लागि अभिभावक र बालविकास केन्द्रका कर्मचारीसँग समूह छलफल गरेर अध्ययन प्रोटोकल कार्यान्वयनका लागि स्वीकार्यता र सम्भाव्यता मूल्यांकन गरिएको थियो । शहरी र ग्रामीण क्षेत्र साथै बालबालिकाको लिंगका आधारमा समान प्रतिनिधित्व सुनिश्चित हुनेगरी डाटा संकलन गरिएको यस अध्ययनमा वोलोङगङ विश्वविद्यालयका प्रोफेसर एन्थोनी ओकलीले काठमाडौंमा जानकारी दिनुभएको थियो ।
विकसित देशहरूमा गरिएका अध्ययनका अनुसार करिब ३० प्रतिसत् बालबालिकाले मात्रै यी सिफारिश पूरा गर्न सफल भएका छन् तर, नेपाल जस्ता मध्यम र न्यून आय भएका देशहरूमा यस्ता डाटा उपलब्ध छैनन् । यसै सन्दर्भमा, नेपालमा यो अध्ययन गरिएको थियो । बालबालिकाको शारीरिक गतिविधिसम्बन्धी अन्तर्राष्ट्रिय अध्ययनको समन्वयमा सन् २०२३ को जुनदेखि अगस्ट महिनासम्म नेपालको गण्डकी प्रदेश, स्याङ्जा जिल्लाको वालिङ नगरपालिका (शहरी क्षेत्र) र बिरुवा गाउँपालिका (ग्रामीण क्षेत्र) मा सनराइज पाइलट अध्ययन सञ्चालन भएको थियो । यस अध्ययनको उद्देश्य, बालविकास केन्द्रमा जाने कति प्रतिशत बालबालिकाले विश्व स्वास्थ्य संगठनले सिफारिश गरेको मापदण्ड पूरा गरेका छन् भनी पत्ता लगाउनु, यस अध्ययनपछि गरिने मुख्य अध्ययनका लागि प्रयोग हुने अध्ययन विधि, उपकरणको सम्भाव्यता र स्वीकार्यता बारेमा थाहा पाउनु थियो ।
यो अध्ययन, डिकिन विश्वविद्यालय (अष्ट्रेलिया)का अनुसन्धानकर्ता डा.नारायण सुवेदीको नेतृत्वमा नेपाल विकास समाज र अष्ट्रेलियाको वोलोङगङ विश्वविद्यालयको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो । यस अध्ययनलाई नेपाल स्वास्थ्य अनुसन्धान परिषदले स्वीकृति प्रदान गरेको थियो । अध्ययनका क्रममा वालिङ् नगरपालिकाका-३ र बिरुवा गाउपालिकाका-४ गरी जम्मा सातवटा बालविकास केन्द्रबाट तीन-चार वर्ष उमेरका १०० जना बालबालिकाको डाटा संकलन गरिएको थियो । अन्तर्राष्ट्रिय सनराइज अध्ययनका लागि तयार गरिएको अध्ययन विधि र उपकरण प्रयोग गरेर बालबालिकाको उचाइ, तौल, हात, आँखा र मस्तिष्कको समन्वय, कार्यक्षमता र मांसपेसीसम्बन्धी सीपहरूको मापन गरिएको थियो ।
बालबालिकाको शारीरिक गतिविधि थाहा पाउनका लागि कम्मरमा लगाइने एक्टिग्राफ एक्सेलेरोमिटर प्रयोग गरिएको थियोे, जब कि स्क्रिन समय र चालसम्बन्धी व्यवहार अभिभावकका लागि तयार पारिएको प्रश्नावलीमार्फत संकलन गरिएको थियो । अभिभावक र बालविकास केन्द्रका कर्मचारीसँग समूह छलफल गरेर अध्ययन प्रोटोकल कार्यान्वयनका लागि स्वीकार्यता र सम्भाव्यता मूल्यांकन पनि गरिएको थियो । शहरी र ग्रामीण क्षेत्र साथै बालबालिकाको लिंगका आधारमा समान प्रतिनिधित्व सुनिश्चित हुनेगरी डाटा संकलन गरिएको यस अध्ययनमा डाटा संकलनका लागि अनुसन्धानकर्तालाई दुई दिने तालिम वोलोङगङ विश्वविद्यालयका प्रोफेसर एन्थोनी ओकलीले काठमाडौंमा दिनुभएको थियो ।
अध्ययनका अनुसार, नेपालका केबल १० प्रतिशत बालबालिकाले मात्रै विश्व स्वास्थ्य संगठनले सिफारिश गरेको शारीरिक गतिविधि सम्बन्धी सबै मापदण्ड (दैनिक रूपमा १८० मिनट पूरा शारीरिक गतिविधि ६० मिनट मध्यमदेखि उच्च स्तरको शारीरिक गतिविधि, एक घण्टा ष्क्रिन समय, १०-१३ घण्टाको निद्रा अवधि र एक घण्टा लगातार एकै ठाउँमा भएको बसाइ) पूरा गरेको पाइयो । ६० प्रतिशतले दैनिक १८० मिनेटको पूरा शारीरिक गतिविधिको मापदण्ड पूरा गरेका थिए जसमध्ये ७९ प्रतिशतले ६० मिनेटको मध्यमदेखि उच्च स्तरको शारीरिक गतिविधि गरेको पाइएको थियो ।
नेपालमा सञ्चालन भएको यस सनराइज पाइलट अध्ययनले राष्ट्रिय स्तरमा बालबालिकाको शारीरिक गतिविधि सम्बन्धी अवस्थाको जानकारी पाउन डाटा संकलन गर्नुपर्ने र शारीरिक गतिविधि बढाउन नीतिगत रूपमा हस्तक्षेप गर्नुपर्ने आवश्यकता औंल्याएको छ तर नेपालमा हालसम्म शारीरिक गतिविधि सम्बन्धी राष्ट्रिय निर्देशिका तयार भएको छैन ।
धेरैजसो बालबालिका (करिब ६० प्रतिशत)ले निष्क्रिय रूपमा ष्क्रिन समय दैनिक एक घण्टाभन्दा कममा सीमित गरेको पाइयो । सिफारिश गरिएको निद्राको मापदण्ड तुलनात्मक रूपमा राम्रो पाइएको थियो, ८१ प्रतिशत बालबालिकाले दैनिक १०-१३ घण्टाको निद्रा अवधि पूरा गरेका थिए । एकै ठाउँमा एक पटकमा लगातार एक घण्टाभन्दा बढी अवधि बस्ने बालबालिकाको प्रतिशत ५७ थियो । यस अध्ययनमा अभिभावक र शिक्षकबाट अध्ययनप्रति उच्च चासो देखाएको र सहयोग गरेको पाइएको छ । ९७ प्रतिशत अभिभावकले आफ्ना बालबालिकाको शारीरिक गतिविधि र व्यवहारबारे जान्न रुचि व्यक्त गरेका थिए र बालविकास केन्द्रका शिक्षक/शिक्षिकाले अध्ययनलाई सहजीकरण गर्न सक्रिय भूमिका खेल्दै विस्तारित अध्ययनको सफल कार्यान्वयनको सम्भावना पुष्टि गरेका थिए ।
नेपालमा सञ्चालन भएको यस सनराइज पाइलट अध्ययनले राष्ट्रिय स्तरमा बालबालिकाको शारीरिक गतिविधिसम्बन्धी अवस्थाको जानकारी पाउन डाटा संकलन गर्नुपर्ने र शारीरिक गतिविधि बढाउन नीतिगत रूपमा हस्तक्षेप गर्नुपर्ने आवश्यकता औंल्याएको छ । नेपालमा हालसम्म शारीरिक गतिविधिसम्बन्धी राष्ट्रिय निर्देशिका तयार भएको छैन । एउटा पहाडी जिल्लाको शहरी र ग्रामीण क्षेत्रमा सञ्चालन भएको यस अध्ययनले समग्र नेपालको प्रतिनिधित्व गर्न नसके पनि यस्तै परिवेशका अन्य ठाउँहरूको अवस्थाको बारेमा अन्दाज गर्न सहयोग पु¥याउनेछ । साथसाथै धेरै जनघनत्व भएका नेपालका ठूला शहर जस्तै काठमाडौं, जहाँ खुला ठाउँको सीमितता छ र बालबालिकाको ष्क्रिन समयको बढ्दो जोखिम छ, मा बालवालिकाको शारीरिक निष्क्रियताको अवस्था थप गम्भीर हुनसक्ने संकेत पनि गर्दछ । यी परिणामले सम्बन्धित सरोकारवालालाई चेतावनीका साथै परिवर्तनकारी कार्ययोजनाका लागि आधार तय गर्न सघाउनेछ ।
नेपालमा नसर्ने रोगहरूको बढ्दो भार र बालबालिकामा बढ्दै गएको मोटोपनसँग जुध्नका लागि सनराइज अध्ययनको यस्तो पहलले भावी पुस्ताको स्वास्थ्य सुधार गर्न मार्गदर्शन गर्दछ । यस्ता शारीरिक गतिविधिसम्बन्धी अध्ययन बालबालिका र किशोर÷किशोरीको शारीरिक गतिविधि र व्यवहार अनुगमन गर्न, भविष्यमा हुन सक्ने दीर्घरोगको जोखिम घटाउन र उनीहरूको सक्रिय जीवनशैली विकासकाका लागि दिशानिर्देश गर्न महत्वपूर्ण हुन्छन् । यो अध्ययन देशव्यापी रूपमा विस्तार गर्दा नेपालका बालबालिकाको स्वस्थ भविष्य निर्माण गर्न प्रमाणमा आधारित निर्णय लिन मद्दत पुग्नेछ । (डा.सुवेदी सनराइज पाइलट अध्ययन, नेपालका प्रमुख अनुसन्धानकर्ता हुनुहुन्छ भने हाल डिकिन युनिभर्सिटी, मेलवर्न अष्ट्रेलियामा अनुसन्धानरत हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच