बंगलादेशमा इस्कोनमथि प्रतिबन्ध लाग्नुपर्छ भन्दै दिनहुँ जसो आन्दोलन भइरहेको छ । इस्कोनका मुखिया चिन्मयकृष्ण दासलाई बंगलादेशको राष्टिङय झण्डालाई भुइँमा पालेर लात्तले कुल्चिने, साम्प्रदायिक दंगा भड्काउने, बालबालिकाहरूको यौनशोषण गर्ने लगायत अपराधका आधारमा उनी इण्डियाबाट फर्केपछि चट्टग्राममा गिरफ्तार गरी उच्च अदालतमा पेश गरिएको छ । अदालतले महान्यायाधिवक्तालाई बोलाएर इस्कोनमाथि प्रतिबन्ध लगाउन सरकारको राय मागेको छ । चिन्मयको गिरफ्तारीको विरोधमा हिन्दूहरूले पनि आन्दोलन गरेका छन् । अदालत परिसरमा उनीहरूले अधिवक्ता साइफुल आलम आलिफको हत्या गरेका छन् ।
इस्कोनमाथि प्रतिबन्ध लाग्ने शंका भएपछि त्यहाँको इस्कोनका महासचिव चारुचन्द्र दासले चिन्मयको गलत आचरणका कारण उनलाई इस्कोनबाट निष्काषित गरेको कुरा पत्रकार सम्मेलनमा भनेका छन् । उता मुस्लिम आन्दोलनकारीले हिन्दुलाई सम्बोधन गर्दै इस्कोन सनातनी संस्था होइन, यसको पछि नलाग्नुस् भनेर आहृवान गरेका छन् । इस्कोन र ब्रहृमकुमारी राजयोग संस्था राष्ट्रसंघमा दर्ता भएको आइएनजिओ हुन्, जसलाई राष्ट्रसंघले आर्थिक सहयोगका साथै निर्देशन पनि दिने गरेको छ । इस्कोन, ओम शान्ति, रामपाल, राधेराधे, कृष्ण प्रणामी आदि वैदिक धर्म संस्कार नमान्ने बरू सनातन वैदिक धर्मलाई समुल नाश गर्ने संस्था हुन् । इस्कोनले कृष्ण र क्राइष्टलाई एउटै मान्छ । यी सबै संस्थाले घुमाउरो पाराले ख्रिष्टान धर्म प्रवर्धन गर्न सहयोग गर्ने गर्छन् ।
अंग्रेजले इण्डियामा आफ्नो शासनकालमा फुटाऊ र राज गर नीति अनुरूप मुस्लिम लिगलाई काउन्टर दिन राष्ट्रिय स्वयंसेवक संघ स्थापना गर्न सहयोग गरेका थिए । यसरी स्थापना गरेको यो संस्था र यसको भ्रातृ संगठन भाजपाले आफ्ना छिमेकी मुलुकहरूमा यही नीति नै अपनाइरहेको छ ।
बंगलादेशीहरू चिन्मयकृष्णको जुलुशमा जय श्रीराम नारा लागेपछि उनीहरू झन् सशंकित भएका छन् । किनकि जय श्रीराम भाजपाको चुनावी नारा हो, यो कुनै धार्मिक नारा होइन । रामको नाममा राजनीति गर्ने एउटा माध्यम हो, जसमा राष्ट्रिय स्वयंसेवक संघ र उसको भ्रातृ संस्था भाजपा सफल भएको छ । हाम्रो तराईमा पहिला पहिला अभिवादन गर्दा सीताराम वा रामराम भन्ने गर्थे तर जबदेखि यहाँ राष्ट्रिय स्वयंसेवक संघको प्रभाव बढेको छ तबदेखि अचेल पुराना अभिवादनको भाषा परिवर्तन भई जय श्रीराम भन्ने गरेका छन् । इण्डियाको भाजपा शैलीमा यहाँ रामको नाममा धर्मको आवरण ओढेर भविष्यमा राजनीतिक दल खोलेर तीस वर्षभित्र सत्ता कब्जा गर्ने नीति लिएको तिनीहरूको संघ चालक तथा कार्यकर्ताले भन्ने गरेका छन् ।
हिन्दु स्वयंसेवक संघ, विश्व हिन्दु परिषद्लगायत राष्ट्रिय स्वयंसेवक संघको नेपालस्थित संगठनहरू सबै यही दिशामा अग्रसर छन् । उनीहरूको उद्देश्य नेपालमा हिन्दु राष्ट्र स्थापित गर्ने नभएर भविष्यमा नेपाललाई भाजपाको अखण्ड भारत नीतिअनुसार इण्डियामा गाभ्ने नै हो । यसतर्फ सबै देशभक्त सनातन धर्मावलम्बी सचेत हुनुपर्छ । इण्डिया होस् वा नेपाल वा अन्य कतै उनीहरूले ख्रिष्टानीकरणको विरोध गर्दैनन् तर मुस्लिमको मात्रै विरोध गर्छन् । इण्डियामा मुस्लिमभन्दा ख्रिष्टान अहिले उत्तर पूर्वइण्डियालाई स्वतन्त्र बनाएर ख्रिष्टान राष्ट्र बनाउन लागेका छन् तर त्यता उनीहरू विशेष ध्यान दिँदैनन् न त त्यहाँ बढ्दो ख्रिष्टानीकरणको नै विरोध गरेका छन् ।
उनीहरूको विरोध भनेको मुस्लिम र कुन मस्जिदमा शविलिंग थियो त्यसलाई भत्काउनुमात्रै हो । मुस्लिम तथा ख्रिष्टानको सन्तान प्रियंका गाधीले समेत बंगलादेशमा हिन्दुमाथि दमन भएको छ भनेकी छन् । यो उनको भोटको राजनीतिबाहेक केही होइन । इण्डियामा आरएसएसको नारा भारत माता कि जय छ भने विश्वमा अन्यत्र विश्व धर्म कि जय भन्ने गर्छन् । सन् २०२५ को बडादशैँको दिन राष्ट्रिय स्वयंसेवक संघले आफ्नो सय वर्ष पूरा गर्दैछ । अहिले उसको भ्रातृ संस्था भाजपाको सरकार दिल्लीमा छ । कर्मचारीतन्त्र र उसको विदेश नीतिमा पनि राष्ट्रिय स्वयंसेवक संघको छाप बढ्दै गएको अवस्था छ । उसले इण्डियाको स्वतन्त्रता संघमा कुनै योगदन दिएको छैन बरू अंग्रेजलाई नै साथ दिएको थियो ।
सय वर्षको अवधिमा धर्मको नाममा गत ११ वर्षदेखि दिल्लीमा उसको सरकार छ र यो उसको ठूलो उपलब्धि हो । राष्ट्रिय स्वयंसेवक संघले आफ्नो संगठन विस्तार गर्नु सिवाय अरू केही गरेको छैन । भाजपा उसको देहको एउटा अंगमात्र हो । यसको संस्थापक केशव बलिराम हेडगेवार थिए । अंग्रेजले इण्डियामा आफ्नो शासन कालमा फुटाऊ र राज गर नीतिनुरूप मुस्लिम लिगलाई काउन्टर दिन हेडगेवारलाई राष्ट्रिय स्वयंसेवक संघ स्थापना गर्न सहयोग गरेका थिए । अंग्रेजले फुटाऊ र राज गर नीति अनुरूप स्थापना गरेको यो संस्था र यसको भ्रातृ संगठन भाजपाले आफ्ना छिमेकी मुलुकहरूमा यही नीति नै अपनाइरहेको छ ।
उसको कालो वास्तविकता के हो, केही महिना पहिलासम्म गुगलमा थियो तर अहिले हटाउन लगाइएको छ । राष्ट्रिय स्वयंसेवक संघको दीर्घकालीन गुरु एमएस गोलवालकर जो नाजी जर्मनीका भक्त थिए । रक्त शुद्धताको नाममा इण्डियालाई हिन्दु राष्ट्र बनाउनुपर्छ भन्ने भनाइ थियो उनको । जब कि ८०० वर्षसम्म मुसलमानहरूको र २०० वर्षभन्दा बढी अंग्रेजको गुलाम भएका इण्डियनहरूमा रक्त शुद्धता हुने कुरै भएन् । न त उनीहरू नेपाल जस्तो शुद्ध वैदिक सनातन धर्मावलम्बी नै हुन् । त्यसैले हाम्रो सनातन पद्धति र तथा मौलिक धर्ममाथि आक्रमण गर्न विभिन्न नाम, भगवान आदिका नाममा कृत्रिम धर्मगुरु तथा धार्मिक संस्था स्थापना यहाँ गरेर हाम्रो धर्म, संस्कृति र सभ्यताको विनाश गर्न ख्रिष्टानसँग हातेमाले गर्दै उनीहरू लागेका छन् ।
नेपालीहरूले यो कुरा नबुझे एक दिन हाम्रो मौलिकता विनाश भएर जानेछ । आरएसस र उसको भ्रातृ संगठन भाजपामा नाजीवाद र फासीवादको असर देखिन्छ । यसको संस्थापक केशव हेडगवार हिटलरबाट प्रभावित थिए भने यसका केही कार्यकर्ता इटलीका शासक तथा फासीवादका प्रणेता मुसोलिनीलाई इटली गएर भेटेका थिए । त्यसैले पनि आरएसएसमा फासीवाद र नाजीवादको मिश्रण देख्न पाइन्छ । राष्ट्रिय स्वयंसेवक संघका ४० वटा सहयोगी संस्था छन् । यिनीहरू शिक्षा, संस्कृति, विज्ञान, समाजको महत्वपूर्ण विषयमा काम गरिरहेका छन् । यिनीहरूले आदिवासी, अल्पसंख्यक, जनजाति, दलित आदि क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरिरहेका छन् ।
हिन्दुत्ववादी सेना, कार्यकर्ता, तयार गर्न यसले आवासीय विद्यापीठ, सैनिक विद्या मन्दिर खोलेका छन्, जसको विस्तार नेपालमा भइरहेको छ । विद्या भारती नामक विद्यालय इण्डियामा २० हजारवटा छन् । सेविका संघ नामको महिला संगठन पनि छ तर रास्वसंघ पुरुषप्रधान संस्था हो । ऊ हिन्दू जागरणका लागि सामरिक शक्ति बलियो बनाउन चाहन्छ । त्यसैले भाजपाले पछिल्लो बजेटमा रक्षा मन्त्रालयलाई २७ हजार करोड भारु बढी विनियोजन गरेको छ । इण्डियाको शासक वर्गले पहिलादेखि नै आफ्ना छिमेकी मुलुकमा आफ्नो आज्ञाकारी सरकारलाई आर्थिक सहयोग दिँदै आएको छ ।
त्यतिमात्र होइन ती दललाई आर्थिक सहयोगको अलावा आन्दोलन गर्न, हिंसा भड्काउन हतियार र सैन्य तालिम दिँदै आएको छ । नेपालका कांंग्रेस र कम्युनिष्ट पार्टीहरूको जन्मदाता इण्डिया नै हो । पछिल्ला कालमा कथित मधेसवादी दलहरूलाई पनि उसले नै जन्मायो । दक्षिण एशियामा सबैभन्दा बढी शाखा नेपालमा र त्यसपछि बंगलादेशमा छन् । केबल दक्षिण एशियामा मात्र होइन त्यसबाहेक विश्वका ३९ वटा देशहरूमा आरएसएसका शाखाहरू छन् । जहाजको डेकमा बसेर केन्याको मोम्बासामा यसको पहिलो अन्तर्राष्ट्रिय शाखा खुलेको थियो । नेपालपछि अन्तर्राष्ट्रिय रूपमा अमेरिकामा यसका बढी शाखा छन् । विगत समयदेखि अमेरिका र इण्डियाको सम्बन्ध विस्तार, गहिरो हुनुमा आरएसएसका शाखाको महत्वपूर्ण भूमिका छ ।
हाम्रो नेपाल तान्त्रिक विधिले स्थापना भएको मुलुक हो । हामी शैव र बौद्ध मतका अनुयायी हौं । हामी सनातन धर्मावलम्बीमात्र नभएर खस, किरात, बोन र बुद्ध धर्मको एकाकार रूप हौं, यसलाई न बिर्सौं ।
दोस्रो कारण ब्रिक्समा चीनसँगसँगै बसे पनि र चीनसँग सबैभन्दा बढी कारोबार भए तापनि इण्डिया चीनलाई आफ्नो शत्रु ठान्छ । चीन अमेरिकाको पनि शत्रु हो । शत्रुको शत्रु मित्र । त्यसैले इण्डिया र अमेरिकाबीच राष्ट्रिय स्वार्थका कारण सम्बन्ध गहिरो छ । अब ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएका छन् । ट्रम्पसँग मोदीको पहिलादेखि घनिष्ठ सम्बन्ध छ । झन् ट्रम्प चीनको कडाविरोधी । चीनविरोधी दुई देशबीच मित्रता झन् गहिरिँदै जानेछ । त्यसैले अमेरिका र इण्डियाले बिआरआई परियोजना नेपालमा भिœयाउन दिँदैनन् । ओलीको आसन्न भ्रमणमा पनि बिआरआई परियोजना कार्यान्वयन नहुने घोषणा ओलीले गरिसके, जसबाट चीन रुष्ट भएको छ ।
यद्यपि चुच्चे नक्सा प्रकाशित भएदेखि ओली र मोदीको सम्बन्ध चिसिएको छ । तैपनि मोदीको चाकडी गर्न ओली सरकारले पुनः म्याद सकिएको कर्णाली प्रोजेक्ट नवीकरण गरी शेयर इण्डियन दुई कम्पनीमा बाँडेको छ तर बिआरआईमा यस सरकारलाई काउसो बिझ्छ । विश्वमा छ करोड हिन्दु छन् । यी सबैलाई राष्ट्रिय स्वयंसेवक संघले आफ्नो छाताभित्र ल्याउन प्रयत्न गरिरहेको छ । आरएससका कार्यकर्ताको पोसाक सेतो सर्ट र खाकी हाफप्यान्ट हो । नेपालमा पनि त्यही छ तर विश्वका अन्य मुलुकमा कालो ट्राउजर र सेतो सर्ट छ । नेपालमा पनि विद्यार्थीलाई त्यही पोसाक लगाएर तालिम दिने गर्छन् र जुन-जुन विद्यालयमा आरएसएसका कार्यकर्ताहरू शिक्षक छन् उनीहरूले आरएसएसको संस्कार संस्कृति, शिक्षा पनि अतिरिक्त क्रियाकलापमा दिने गर्छन्, जुन हाम्रो धर्म, भाषा, संस्कृति र सभ्यताको विनाशका लागि भोलिका दिनमा खतरनाक छ ।
बाहिर गुरु दक्षिणाबाट संस्था चलेको छ भने पनि यसलाई यस अतिरिक्त कर्पोरेट हाउसहरूले मनग्यै चन्दा दिने गरेका छन् । अब त अमेरिकामा मात्र होइन युरोपमा पनि दक्षिणपन्थीको सरकार बन्दै गइरहेको छ जसले मोदीलाई झन् बलियो बनाउनेछ । नेपालमा केपी ओली बंगलादेशमा मोहम्मद युनुस, श्रीलंकामा अनुढा कुमारा, मालदिभ्समा मुइज्जुर र पाकिस्तानसँग इण्डियाको सम्बन्ध राम्रो छैन । त्यसैले यी मुलुकहरूमा उसले आरएसएसमार्फत र आरएसएस नभएका ठाउँमा इस्कोनमार्फत आन्दोलन चर्काउने, मुलुकलाई अस्थिर बनाउने नीति लिँदै आफ्नो हस्तक्षेप बढाइरहेको छ ।
दिल्लीको विदेश नीति राष्ट्रिय स्वार्थको ठाउँमा आरएसएसको आदर्शलाई सर्वोपरी राखेकोले कूटनीतिक टेबुलमा आधिपत्य चेतना भर्सेज प्रतिरोध कौशलको अनुहार देखिन्छ । यसैकारण भुटान बिस्तारै चीनतिर ढल्किँदै छ । जब आरएसएसका कार्यकर्ताले उनीहरूको शतवार्षिकीलाई प्रिय, आशाको किरणका रूपमा हेरिरहेका छन्, तब-तब दक्षिण एशियाका देशले यसलाई शंकाको नजरले हेरिरहेका छन् । तर, नेपालका दल कुनै न कुनै रूपमा भाजपाको गुलाम भएकोले उनीहरूले नेपालको राष्ट्रिय हितमा ध्यान दिएका छैनन् न त दिने नै छन्, बरू आफ्नै हितमा इण्डियन शासक वर्गको गुलामीमा तल्लीन छन् ।
राष्ट्रिय स्वयंसेवक संघ दक्षिण एशिया विशेषगरी उसका छिमेकी देशमा रहेका संगठन टाढाबाट हेर्दा सुन्दर, आकर्षक र मनमोहक नागिन हो, छोऊँ छोऊँ लाग्ने, मुसारुँ मुसारुँ लाग्ने, माया गरुँ गरुँ लाग्ने तर नजिक जाँदा पानी पनि खान नपाउने गरी डस्ने नागिन हो । त्यसैले नेपालीहरू हिन्दुत्वको मोहमा यसको नजिक जानु भनेको आफ्नोमात्र नभएर हाम्रो मौलिक धर्म, संस्कृति, सभ्यताको हत्या गर्नु हो । हाम्रो एकमात्र मार्गदर्शक सिद्धान्त पृथ्वी विचार हो, महागुरु मत्छेन्द्रनाथ, गोरखनाथ, काली, शिव शक्ति मार्ग नै हाम्रो गन्तव्य हो ।
हाम्रो नेपाल तान्त्रिक विधिले स्थापना भएको मुलुक हो । हामी शैव र बौद्ध मतका अनुयायी हौं । हामी सनातन धर्मावलम्बीमात्र नभएर खस, किरात, बोन र बुद्ध धर्मको एकाकार रूप हौं, यसलाई न बिर्सौं । आरएसएस जसले आफ्नो मुलुकको स्वतन्त्रता आन्दोलनमा भाग नलिएर अंग्रेजको सेवा गरेर बस्यो, जसले ४७ सन्मा इण्डिया स्वतन्त्र हुन लाग्दा अहिले स्वतन्त्र हुने बेला भएको छैन भन्थ्यो त्यसको अनुयायी बन्ने कि आफ्नो देशको मौलिक धर्म, संस्कृति र सभ्यताको रक्षा गर्दै राष्ट्रिय स्वतन्त्रता तथा सार्वभौमसत्तालाई अक्षुण्ण राख्नतिर लाग्ने ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच