ओखलढुंगा । मोलुङ्ग गाउँपालिका –५ मा वडाअध्यक्ष पदमा भएको उपनिर्वाचनमा नेकपा एमाले तर्फका उम्मेदवार गंगा तामाङ विजयी हुनु भएको छ । मंसिर १६ गते भएको उपनिर्वाचनमा ३ सय ९९ मत सहित तामाङ विजयी हुनुभएको हो ।
उहाँका निकट्तम प्रतिद्वन्दी नेपाली कांग्रेसका घनश्याम दाहालले १ सय ७७ मत पाउनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णु प्रसाद पोखरेल ले १ सय ५१ मत प्राप्त गर्नु भएको छ ।
त्यसै गरी माओबादी केन्द्रका मान बहादुर सुनुवारको २३ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका चन्द्रमणी दाहालको ३ मत र जनता समाजबादी पार्टी नेपालका इन्द्र बहादुर दर्जीको ३ मत प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । जम्मा ७ सय ६८ मत खसेकोमा १२ मत बदर भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच