बझाङ । बझाङको सुर्मा गाँउपालिका वडा नम्बर ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका धिरेन्द्र १७० मतको मतान्तरले विजयी भएका छन् ।
कांग्रेस उम्मेदवार पुजाराले ६ सय ५७ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका लखिचन्द्र बोहराले ४ सय ८७ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवार पुस्कर बोहराले जम्मा १७ मत मात्रै प्राप्त गरे। कुल एक हजार ५ सय ५४ मतदाता रहेको सो वडामा आइतवार भएको उपचिर्वाचनमा एक हजार १ सय ७८ मत खसेको थियो ।
यो वडामा यस अघिको निर्वाचनमा एमालेले जितेको थियो । वडाध्यक्ष सर्जन बोहराको निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदमा उपनिर्वाचन भएको हो । यसअघि यहाँ एमालेका सर्जन बहादुर बोहरा ६२९ मतसहित निर्वाचित हुँदा कांग्रेसका लोकबहादुर बोहराले ६०४ मत पाएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच