काठमाडाैं । प्यालेस्टिनी स्रोतकाअनुसार इजरायली हवाई आक्रमणमा गाजामा पत्रकार र एक नागरिक सुरक्षा अधिकारीसहित ५४ जनाको मृत्यु भएको छ । दक्षिणी गाजामा इजरायली ड्रोनले खान युनिसको दक्षिणी भागमा रहेको किजान अल-नज्जर क्षेत्रमा एउटा गाडी र पिठो लिन पुगेका नागरिकहरुमाथि निशाना बनाइ आक्रमण गरेको थियो ।
उद्धारकर्मीहरूले मेडिकल टोलीले १२ जनाको शव निकालेको र घाइतेहरूलाई अस्पतालमा सारिएको जनाइएको छ । उत्तरी गाजामा बेइट लाहियाको ताल अल-जातार क्षेत्रमा विस्थापित मानिसहरूलाई आश्रय दिने अल-अराज परिवारको घरमा इजरायली हवाई आक्रमणमा ४० प्यालेस्टाइनीको मृत्यु भएको छ ।
सिभिल डिफेन्सले जबलिया शिविरमा आवासीय घरहरूलाई निशाना बनाएर इजरायली हवाई आक्रमणमा एक अधिकारीको मृत्यु भएको बताएको छ । गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४४ हजार ३८२ पुगेको छ ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच