कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

हिमालय टाइम्स

फाइल तस्बिर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा उहाँले गर्नुहुने दैनिक प्रशासनिक कामकाज उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्नेगरी तोक्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज चीनतर्फ प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री सिंहलाई दिइएको हो । राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीको अनुपस्थितिमा उहाँले गर्नुहुने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री सिंहले सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री ओली चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि आज बेइजिङ प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओली चीनको भ्रमण पूरा गरी यही मङ्सिर २० गते स्वदेश फर्कने कार्यतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
बजेटमाथि विपक्षी : ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ चिनियाँ कम्पनीमाथि प्रतिबन्धको तयारीबारे इयुलाई बेइजिङको चेतावनी पाल्पाका एक वडाध्यक्षको पद गुम्यो रानीशैना गोठ आगलागी र लुटपाटको हल्ला निराधार, प्रहरीले भन्यो– घटना पुष्टि भएन प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई बुटवलका सुनचाँदी पसलमा चोरी : चोरी प्रयासमा संलग्न आठ जना पक्राउ आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रतिनिधिसभामा आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्टीकरण चित्तबुझ्दो नभएको काँग्रेसको निष्कर्ष, तर बजेट छलफलमा सहभागी हुने ट्रेड युनियन खारेजविरुद्धको रिटमाथि जेठ २९ मा सुनुवाइ