भोजपुर । त्रिभुवन बिश्वबिद्यालयको आंगिक भोजपुर बहुमुखी क्याम्पसको एजुकेशन भवनको शिलान्यास गरिएको छ । भवनको कोशी प्रदेश मुख्यमन्त्री कार्यालय राज्यमन्त्री सिर्जना राईले सोमवार शिलान्यास गर्नुभयो ।
कोशी प्रदेश सरकारको क्रमागत बजेट अन्तर्गत कुल १५ करोड ३० लाख ८२ हजार आठ सय ४७ रुपैया ९८ पैसाको लागतमा बन्ने भवनको शिलान्याससँगै काम सुरु भएको हो । शहरी बिकास तथा भवन निमाण डिभिजन कार्यालय धनकुटा मार्फत अंशु निर्माण सेवाले टेण्डर मार्फत भवन निर्माणको जिम्मा पाएको हो । शिलान्यास कार्यक्रममा राज्यमन्त्री राईले गौरवका आयोजनाहरु संचालनका लागि प्रदेश सरकार लागि परेको बताउँदै सुरु भएर बाँकी रहेका योजनाहरु पनि पुरा गर्न प्रदेश सरकार लागि परेको बताउनुभयो ।
शैक्षिक क्षेत्रको बिकासका लागि पनि प्रदेश सरकारले काम गरि रहेको बताउँदै राज्यमन्त्री राईले बन्न लागेको भवनले बिद्यार्थीलाई सहज पठनपाठनमा सहयोग मिल्ने बताउनुभयो । उहाँले तोकिएको समय भित्र नै निर्माण कार्यृ पुरा गर्न निर्माण ब्यवसायीलाई आग्रह समेत गर्नुभयो ।
सोक्रममा आफनो धारणा राख्नु हुदै भोजपुर नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष जय बहादुर तामाङ, बरिष्ठ पत्रकार निरोज कोइराला, त्रिबि प्राध्यापक संघका कोषाध्यक्ष शरण कुमार राई, त्रिवि कर्मचारी संघका अध्यक्ष मुमिहाङ राई, स्वबियु सभापति निशान राई लगायतले क्याम्पसले भौतिक पूर्वाधारको क्षेत्रमा फडको मार्दे गएको बताउँदै आगामी दिनमा बिद्यार्थीका लागि नयाँ पठनपाठनका बिषयहरु थप गर्दे अगाडी बढन क्याम्पस प्रशासनलाई आग्रह समेत गर्नुभयो ।
क्याम्पस प्रमुख भुलानाथ राईले क्याम्पस सुधारमा सवै पक्ष जिम्मेवार बन्न आवश्यक रहेको बताउँदै शैक्षिक गुणस्तरीयतासँगै भौतिक पूर्वाधार निर्माणको कार्यमा पनि क्याम्पस प्रशासन जुटेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच