विराटनगर । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीमा एमालेका प्रदेश सभा सदस्य रेवतीरमण भण्डारी नियुक्त हुनु भएको छ।
मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुखले भण्डारीलाई मन्त्रीमा नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्री भण्डारीको शपथ सोमबार साँझ साढे ५ बजे तय गरिएको छ ।
तत्कालीन मन्त्री लिलावल्लभ अधिकारी मानव तस्करीको आरोपमा मुछिएपछि राजीनामा दिनुभएको थियो । त्यसपछि सो पद खाली थियो । भण्डारी कोशी प्रदेश एमाले संसदीय दलका प्रमुख सचेतक समेत हुनु हो ।
भण्डारी सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ को १ बाट २०७९ मंसिरमा भएको प्रदेश सभा सदस्य निर्वाचित हुनु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच