गुल्मी । पाँचौँ फोर्टिन स्टार कप छात्र फुटबलको उपाधि जनसहयोग माध्यमिक विद्यालयले जितेको छ । तम्घासस्थित फोर्टिन स्टार युवा क्लबको आयोजनामा आइतबार भएको फाइनल खेलमा जनसहयोगले महेन्द्र माध्यमिक विद्यालय तम्घासलाई एक-शून्य गोलले हराएको थियो । जनसहयोगको जितमा सन्तोष परियारले गोल गर्नुभयो । उपाधिसँगै जनसहयोगले ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
उपविजेता महेन्द्र माध्यमिक विद्यालयले २५ हजार रुपैयाँ पायो । मंसिर ११ गतेदेखि सञ्चालन भएको खेलमा सबैभन्दा धेरै गोल गर्ने सिद्धबाबा माध्यमिक विद्यालयका सुजन बस्नेत, वेष्ट गोल अफ टुर्नामेन्ट रिडर्स पब्लिक हाईस्कुलका रिलेस श्रीस, फेयर प्ले टिम ब्रिलियन्ट युनाइटेड एकेडेमी, जनसहयोग माध्यमिक विद्यालयका प्रिन्स गुरुङ इमर्जिङ प्लेयरका रूपमा र सुवास सोमै वेष्ट किपर बन्नुभयो ।
प्रतियोगितामा जनसहयोगका कप्तान सन्देश सार्की वेष्ट डिफेन्डर, सुदिप सार्की वेष्ट प्लेयर अफ टुर्नामेन्ट, महेन्द्र माध्यमिक विद्यालयका उमेश श्रीस फेयर प्लेयर, महेन्द्र माविका कप्तान भुवन ढेगा वेष्ट मिड फिल्डर, जनसहयोग माध्यमिक विद्यालयका कप्तान सन्दीप परियारलाई फाइनल खेलको म्यान अफ दी म्याच र महेन्द्र माध्यमिक विद्यालयका किपर आकाश घर्ती मगरलाई फेयर प्ले अवार्ड प्रदान गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच