काठमाडौं । ‘जेल पनि सहुँला जस्ता’ चर्चित गीत दिएका गायनका जोडि बलबहादुर राजवंशी र मेलिना राईको स्वरमा ‘मैले जिउँने संसार’ बोलको गीत सार्वजनिक भएको छ । गीतको शब्द रमेश मास्केले लेख्नुभएको हो भने संगीत स्वयं गायक बलबहादुरको नै छ । सुरज श्रेष्ठको संगीत संयोजन रहेको गीतमा चन्द्र चौधरीको मिक्सिङ तथा मास्टरिङ छ ।
जीवन शाहीको निर्देशन, पवन सुसलिङको छायांकन तथा सम्पादन रहेको गीतको भिडियोमा कुङ्सांङ बोम्जन र आरजु चौधरी राजवंशीको अभिनय छ । गीत जति मीठो छ भिडियो पनि त्यति नै आकर्षक बनेको छ । गायक राजवंशी भोईस अफ नेपाल सिजन-२ का टप नाइनसम्म पुग्नुभएका गायक पनि हुनुहुन्छ । गायक राजवंशीका नेपालीमात्र नभई राजवंशी, भोजपुरी र मैथली भाषामा धेरै गीतहरू सार्वजनिक भइसकेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच