ललितपुर । कलाकार तथा गीतकार नीर शाहलाई यस वर्षको ‘बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार’ प्रदान गरिने भएको छ । आइतबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा भीम विराग संगीत साहित्य कला प्रतिष्ठानले शाहलाई पुरस्कार दिने घोषणा गरेको हो ।
भीम विराग संगीत साहित्य कला प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले नेपाली गीतसंगीतको क्षेत्रमा अतुलनीय योगदान दिएबापत शाहलाई पुरस्कार दिने निर्णय गरिएको जानकारी गराउनुभयो ।
चलचित्र निर्माण, निर्देशन एवं अभिनयमा समर्पित शाहले विसं २०३२ सालदेखिको निरन्तर नेपाली गीत लेखनको यात्रामा गायन तथा संगीतमा चन्द्रराज शर्मा, सिके रसाइली, नारायणगोपाल, रनजीत गजमेर, शम्भुजित बास्कोटादेखि मनोहर पाण्डे, प्रकाश श्रेष्ठ, दीपक खरेल, अञ्जु देवी, मीरा राणा, उदीतनारायण झालगायत संगीतकार एवं गायकगायिकाहरू जोडिनुभएको छ । ‘पर्खी बसे आउला भन्नी, बादल बनाइदेऊ, गहिराइमा डुब्दै नडुब’लगायत कालजयी गीतहरू उहाँले लेख्नुभएको छ ।
नेपाली गीतसंगीतको क्षेत्रमा स्वदेश तथा प्रवासबाट समेत महत्वपूर्ण योगदान गर्दै आएका कलाकार तथा सर्जकहरूको साधनाको उच्च कदर गर्दै उद्यमी व्यवसायी श्री कन्हैयाकृष्ण श्रेष्ठले विसं २०६४ मा आफ्नी ममतामयी माता श्री बिजुलीमाया वनः श्रेष्ठको नाममा बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार स्थापना गर्नुभएको हो ।
१६औं संस्करणको बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार २०८१ शाहलाई आगामी माघ १५ गते हेटौंडामा एक विशेष कार्यक्रमको आयोजना गरेर प्रदान गरिने बताइएको छ । पुरस्कारको नगदराशी एक लाख रुपैयाँ छ ।
यसअघि यस पुरस्कारबाट अम्बर गुरुङ, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, न्हुच्छेबहादुर डंगोल, मीरा राणा २०७२, कर्म योञ्जन, चेतन कार्की, दावा ग्याल्मो, दीपक जंगम, किरण प्रधान, राजेन्द्र थापा सम्मानित भइसक्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच