एक सय ११ किलो लागू औषध गाँजासहित भारतीय नागरिक पक्राउ

मन्जिता मैनाली मकवानपुर, संवाददाता
Read Time = 2 mins

हेटौंडा । प्रहरीले १ सय ११ किलो लागू औषध गाँजासहित १ जना भारतिय नागरिकलाई पक्राउ गरेको छ । आज बिहान प्रहरी चौकी लेवट बसामाडी मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौंडा-३ तिनताप्के स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डबाट उक्त गाजासहित एकजनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा गाडी चालक देश भारत जिल्ला मोतिहारी चैनपुर ढाका थाना बस्ने बर्ष ३० को महोमद समिर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार सवारी साधनहरु रोकी चेकजांच गर्ने क्रममा मनहरी तर्फबाट बिरगन्ज तर्फ जादै गरेको बा १० च ५३३ नं. को योद्धा पिकअप गाडी र चालक शंका लागि निजको शरीर तथा सो योद्धा पिकअप गाडी समेतको खानतलासी गर्दा उक्त गाडीको ढालामा बालुवा र मलले छोपि लुकाई छिपाई गरी ल्याईएको अवस्थामा लागू औषध गाँजा १११ किलो फेला परेको हो ।

उक्त लागुऔषध, पिकअप गाडी र चालक महोमद समिरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?