गिनीमा फुटबल फ्यानबीच झडप हुँदा ५६ जनाको मृत्यु

काठमाडाैं । दक्षिणपूर्वी गिनीको एनजेरिकोरमा एक फुटबल खेलको क्रममा प्रतिद्वन्द्वी समर्थकहरूबीच आईतवार झडप हुँदा मृत्यु हुनेको संख्या ५६ पुगेको छ । जनरल मामादी डुम्बौया ट्रफीको फाइनल खेलको क्रममा एनजेरिकोर र लाबेबीच हिंसा भएको थियो ।

खेलको अन्त्यमा तनाव बढ्यो । जब एनजेरेकोरलाई पेनाल्टी दिइयो । जसको कारण लेबेका खेलाडीहरूले कडा विरोध गरेका थिए । स्थिति बिग्रिएपछि सुरक्षा बलहरूले अश्रु ग्यास प्रयोग गरेका थिए । गिनीका प्रधानमन्त्री अमाडो ओरी बाहले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्नुभयो ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?