चिसाे बढेसँगै पर्यटक आउन छोडेपछी सुनसान बन्यो रारा क्षेत्र

निर्पेन्द्रबहादुर मल्ल
Read Time = 3 mins

मुगु । हिमाली क्षेत्रमा चिसो बढेसँगै नेपालको प्रसिद्ध पर्यटकीय गन्तव्य रारा क्षेत्र सुनसान बन्न थालेको छ ।

चिसोका कारण पर्यटकको आगमन घट्न थालेपछि रारा क्षेत्रका हाेटेल र आसपासका रमणिय ठाउँहरू सुनसान जस्तै बनेका हुन् । हिउँद लागे सँगै पर्यटकहरू दिन प्रतिदिन घट्दै गएपछि राराका पर्यटन ब्यबसायीहरू हाल फुर्सदिला भएका छन् । दिनभर घाम तापेर बस्नुकाे बिकल्प नरहेकाे रारा सल्लेरीका होटेल ब्यवसायी शैलेन्द्र बमले बताउनु भयो ।

ब्यवसायी बमका अनुसार "पर्यटकहरूले चिसाेमा खासै डराउनु पर्दैन" हाेटेलमा क्यामफायर, ब्यवस्थित काेठाहरू हुँदा फाटफुट रूपमा आएका पर्यटकहरूले बाहिरी वातावरणमा बिहान बेलुका अत्यधिक चिसाे हुने भएपनि हाेटेलकाे उचित ब्यवस्थापनले साेचे जस्ताे चिसाेकाे महशुस नहुने र खासै चिसाेमा रारा घुम्न आउन डराउनु नपर्ने कुरा पर्यटकहरूले आफुलाई बताउने गरेका छन् । जाडाे सिजनमा यहाँका हाेटेलहरूमा आगाे ताप्नकाे लागि क्याम्फायर काेठाहरू ब्यवस्थित हुने भएकाले पनि खासै हिँउदमा पनि रारा आउन काेही कसैले डराउनु नपर्ने बम बताउनुहुन्छ ।

रारा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेकाअनुसार चिसो मौसममा यहाँ आउने पर्यटकहरूको संख्या गत वर्षको तुलनामा निकै घटेको छ। 'यस वर्ष चिसो चाँडै बढेकाले पर्यटक आगमनमा गिरावट आएको हो', उहाँले भन्नुभयाे, 'पर्यटककाे आवागमनमा गिरावट आएपछि राजस्व संकलनमा समेत घाटा लागेकाे छ ।'

सरकारले चिसोमा समेत पर्यटक आकर्षित गर्नका लागि पूर्वाधार विकास र प्रचार-प्रसारलाई थप प्राथमिकता दिनुपर्ने आवाज स्थानीय व्यवसायीहरूबाट उठेको छ । चिसोका बाबजुद पनि राराको प्राकृतिक सौन्दर्यलाई अनुभव गर्न केही साहसी पर्यटकहरू भने फाटफुट रूपमा आइरहेका छन् ।

रारा घुम्न आउने पर्यटकहरुलाइ लक्षित गरि सल्लेरी, लामाचौर, ताल्च, माझघट्ट, बाउपानी र रारा मै गरेर ३ दर्जन बढी होटल सन्चालित छन् । चिसो बढेसङै रारा घुम्न आउने पर्यटकहरु घटेपछी होटेल सुनसान भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?