पातारासीकाे दुर्गम गाउँमा टेलिकमको टावर विस्तार

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका-२ मा नेपाल टेलिकमको टावर संचालनमा आएपछि यहाँका स्थानीयवासि संचारको पहूँचमा पुगेकाछन् ।

उक्त टावरमा टुजी र फोरजी सेवा संचालन गरिएको छ । जिल्लाको विकट गाउँको रुपमा मानिने सो वडामा सोमबारबाट टेलिफोन सेवा संचालनमा आएको वडाध्यक्ष बलबहादुर बोहोराले जानकारी दिनुभयो । नेपाल टेलिकमले टावर संचालन गरेसँगै उक्त गाउँपालिकाका वडा नं. १,२र३ वडाका स्थानीयवासि पहिलोपटक दूरसंचार सेवाबाट लाभान्वित भएको वडाध्यक्ष बोहोराको भनाइ छ ।

जिल्लाका दूरदराजका क्षेत्रमा दूरसंचार सेवा पुर्‍याउने कार्यलाई उच्च प्राथमिकतामा राखेर कार्यालयले काम गरेको नेपाल टेलिकम शाखा कार्यालय जुम्लाका प्रमुख सुवास शाहले बताउनुभयो । उक्त टावरमा अहिले फोर-जी (एलटिई) सेवासहित १८ सय मेगाहर्ज ब्यान्ड क्षमता भएको टावर विस्तार भएको छ । जुम्लामा रहेको टेलिकम शाखाले यहाँका आठवटै स्थानीय तहका करिब १८ स्थानबाट संचार सेवा प्रवाह गरिरहेको कार्यालय प्रमुख शाहको भनाइ छ ।

टावर संचालनमा आएसँगै स्थानीयवासीलाई फोन गर्न डाँडा चढ्नु पर्ने समस्याको अन्त्य भएको छ । यसबाट दुर्गम भेगका करिब तीन वडाका स्थानीयवासि प्रत्यक्ष लाभान्वित भएको पातारासी-२ का स्थानीय विशाल ऐडीले बताउनुभयो ।

मोबाइल फोन नचल्ने दुर्गम क्षेत्रका गाउँबस्तीमा नेपाल टेलिकमका टावर थपिएपछि स्थानीयवासीलाई राहत मिलेको छ । भौगोलिकरूपमा विकट भएका कारणले मोबाइल फोन सेवाबाट बञ्चित स्थानीयवासीलाई टावर विस्तार भएपछि अहिले सहज भएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाको भनाइ छ ।

अहिले उक्त स्थानहरुमा सौर्य उपकरणका भरमा बिटीएस प्रणालीमार्फतसेवा सञ्चालन गरिएको टेलिकम कार्यालय जुम्लाले जनाएको छ । टेलिफोन सेवा विस्तार नहुँदा दुर्गम भेगका बासिन्दा फोन र इन्टरनेट सेवाबाट वञ्चित भएका थियो । अब सेवा संचालन भएपछि स्थानीय बासिन्दालाई फोन र इन्टरनेट सेवाको पहूँचमा पुगेको पातारासीका स्थानीयवासि बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?