शारीरिक अपाङ्गता भएका नागरिकका लागि इलाम नगरपालिकाद्वारा सहायक सामग्री बितरण

इलाम । इलामको इलाम नगरपालिकाले शारीरिक अपाङ्गता भएका नागरिकका लागि सहायक सामग्री प्रदान गरेको छ । अपाङ्गता रोकथाम तथा पुनःस्थापना केन्द्र कार्यक्रमअन्तर्गत इलाम नगरपालिकाले नगर भित्रका शारीरिक अपाङ्ता भएका व्यक्तिहरुका लागि सहायक सामग्री वितरण गरिएको हो ।

अपाङ्गता भएका ब्यक्तिको ३३ औ अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर नगरपालिकाले ह्विल चियर, वैशाखी, टवाइलेट चियर, सेतो छडी, वाकर, एल स्टीक, ट्राइपोड स्टीक, कान सुन्न सहयोगी यन्त्र आदि सामग्री प्रदान गरिएको हो ।

नगर भित्रका अपांगता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गरिएको इलाम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश कुमार खड्काले बताउनुभयो ।

जसमा ७ जनालाई ह्विल चियर, १ लाई वैशाखी, ४ लाई टवाइलेट चियर, २ लाई सेतो छडी, १२ लाई वाकिङ स्टिक, ७ जनालाई कान सुन्न सहयोगी हेयरिङ एड मेसिन, एयर मयाट्रेस ६ जनालाई प्रदान गरिएको छ भने २४ जना शैक्षिक सामाग्री, १२ न्यानो कपडासमेत बितरण गरिएको छ ।

सहायक सामाग्री वितरण गर्दै नगरपालिका प्रमुख केदार थापाले शारीरिक रूपमा अपाङ्ग भए पनि मानसिक रूपमा सबै जना निकै सक्षम रहेको बताउनुभयो ।

यस्तै, नगर उपप्रमुख बिष्णु दाहालले क्षमता हुँदाहुँदै पनि केही मानिसहरू अपाङ्गताको अवस्थामा बस्नुपरेको बताउनुभयो । नगर प्रमुख केदार थापाको अगुवाईमा उपप्रमुख बिष्णु दाहाल, प्रमुख प्रशासकिय अधिकृत गणेश खड्कासहित विभिन्न वडाका वडा अध्यक्षहरुको उपस्थितिमा सहायक सामग्री वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?