खोटाङ । खोटाङमा बहिरा तथा श्रवण शक्ति कम हुनेहरुका लागि दोभाषे सेवा सुरु गरिएको छ ।
राष्ट्रिय बहिरा महासंघ कोशी प्रदेशबाट खोटाङमा दोभाषेका रुपमा खटाईएका पूजा दाहालले दोभाषे सेवा गर्नुभएको हो ।
३३ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा मंगलबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको कार्यक्रमबाट दोभाषे सेवा सुरु गरिएको दाहालले बताउनुभयो । विभिन्न सरकारी कार्यालय, गैर सरकारी कार्यालयहरुमा सांकेतिक भाषा बोल्ने र श्रवणशक्ति कम भई सांकेतिक भाषा बोल्नेसँग कार्य सम्पादन गर्न कठिनाई भएमा दोभाषेको सहयोग लिन सकिनेछ ।
दोभाषे सेवाका लागि तत्काललाई अपाङग सेवा संघ खोटाङ र करुणा फाउण्डेसन मार्फत सम्पर्क गरेर सेवालिन सकिन्छ । जिल्लामा दोभाषे सेवा सुरु भएको प्रचारप्रसार गर्ने कार्य तीव्ररुपले भईरहेको दोभाषे काम गरिरहेकी दाहाल बताउनु हुन्छ ।
यहि मंसिर महिनादेखि सुरु भएको दोभाषे सेवा २०८२ सालको असार ३१ गतेसम्म सञ्चालन हुनेछ ।
यसैबीच, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहायतामा अपाङग सेवा संघ र करुणा फाउण्डेसनको संयुक्त आयोजनामा मनाईएको अपाङ्ग दिवसमा संघका अध्यक्ष उमेशचन्द्र आचार्यले संस्थागत प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
विभिन्न सरोकारवाला व्यक्तिहरुले अपाङगहरुले राज्यबाट पाउने सेवा सुविधालगायतका वारेमा चर्चा परिचर्चा गरेका थिए । जिल्लाका अन्य स्थानीय तहहरुले पनि विभिन्न कार्यक्रम गरेर अपाङ्ग दिवस मनाएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच