ओखलढुंगा । जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुखमा नेपाली कांग्रेसका नेता टेकराज भट्टराईको पदबहाली भएको छ । लामो समय नेपाली कांग्रेसबाट राजनीति गर्नुभएका टेकराज भट्टराईलाई प्रमुख पदमा बहाली गरिएको हो । निर्बिरोध निर्वाचित हुनुभएका भट्टराईलाई मंगलबार शपथग्रहणसहित पदबहाली गरिएको जिल्ला समन्वय समिति ओखलढुंगाले जानकारी दिएको छ ।
मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिस गिरीराज गौतमले निर्वाचित प्रमाणपत्र वितरण र शपथ ग्रहण गराउनु भएको थियो । शपथग्रहण तथा पदबहाली कार्यक्रममा पूर्वमन्त्री एवं प्रदेश सभा (क) का माननिय प्रदिपकुमार सुनुवार, पूर्व सभामुख एवं प्रदेश सभा (ख) का माननिय बाबुराम गौतम स्थानिय तहका प्रमुख एवं प्रतिनिधीहरुको उपस्थिी रहेको थियो । करिब १ वर्ष तीन महिना खाली रहेको जिल्ला समन्वय समितिको प्रमुखको पद मंगलबारबाट पदबहाली भएको छ ।
२०३३ सालमा नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीति शुरु गर्नुभएका भट्टराईले राजनीतिक आन्दोलनका क्रममा जेलजीवन समेत बिताउनु भएको थियो । २०३३ सालमा नेविसंघ सुनसरी जिल्लाको जिल्ला सचिव हुनुभएको थियो भने २०३७ सालमा नेबिसंघको केन्द्रिय प्रतिनिधी बन्नु भएको थियो । २०४३ सालमा नेपाली कांग्रेसले भाग लिएको बेलामा साबिक दियाले गाउँपञ्चायतको प्रधानपञ्च समेत बन्नु भएको थियो । २०४६ सालमा जिल्ला कार्यसमिति ओखलढुंगाको सल्लाहकार सदस्य र ४७ सालमा जिल्ला कार्यसमिति सदस्य हुनुभएका भट्टराई सहसचिव, सचिव हुँदै २०६३ मा जिल्ला उपसभापति भई राजनीतिक करियर अगाडी बढाउनु भएको थियो । पटक पटक नेपाली कांग्रेसको महाधिबेशन प्रतिनिधी र महासमिति सदस्य बन्दै आउनु भएको थियो । नेपाल किसान संघको केन्द्रिय सदस्य र केन्द्रिय सचिव समेत बन्नु भएको थियो ।
२०३६ सालमा विद्यार्थी आन्दोलनको क्रममा धरानबाट पक्राउ परी विराटनगरमा १५ दिन जेलजीवन बिताउनु भएको थियो । २०६२/०६३ को आन्दोलनका क्रममा निरन्तर तीन महिना र पछि थप १ महिना गरी ४ महिना जेलजीवन बिताएको बताउनु भएको छ ।
ओखलढुंगा जिल्लामा नेपाली कांग्रेसको एकल बहुमत रहेको थियो । २०७४ साल देखि निरन्तर एकलौटी जिल्ला समन्वय समिति नेपाली कांग्रेसले गठन गर्दै आएको छ । ०७९ को चुनावमा पनि नेपाली कांग्रेसको तर्फबाट डिल्लीराम खनाल समन्वय प्रमुख हुनुहुन्थ्यो । खनालको २०८० साल असोज १३ गते बेलुका शिक्षण अस्पताल काठमाण्डौमा क्यान्सरका कारण मृत्यु भएपछि जिल्ला समन्वय समितिको प्रमुख पद खाली भएको थियो । समन्वय प्रमुख खनालको मृत्यु भएपछि उपप्रमुख तारादेवी कार्कीले कार्यभार संहाल्दै आउनु भएको थियो ।
जिल्लामा भएका ८ वटा स्थानिय तहको १६ मत मध्ये नेपाली कांग्रेसको ९ मत, नेकपा एमालेको ५ मत, माओबादी केन्द्रको १ मत र जनता समाजबादी पार्टी नेपालको १ मत गरी जम्मा १६ मत रहेको छ । जिल्ला समन्वय समिति ओखलढुंगाको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने भन्दै नेकपा एमालले आफ्नो उम्मेदवारी दिएको थिएन । एमालले उम्मेदवारी नदिएपछि टेकाराज भट्टराई जिसस प्रमुखको एकल उम्मेदवार बन्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच