अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीकाे सभापतिमा हरिप्रसाद भुसाल निर्वाचित हुनुभएकाे छ ।
अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा सम्पन्न पार्टीकाे पहिलाे भेलाले संस्थापक संयाेजक समेत रहेका भुसालकाे सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेकाे हाे ।
प्रथम जिल्ला भेलाले उपसभापतिमा कमलप्रसाद मरासिनी, सचिवमा बाबुराम घिमिरे, सहसचिव चिरञ्जीवी सुनार निर्वाचित गरेकाे छ । त्यस्तै सदस्यहरूमा रमा खनाल, बाबुराम भुसाल, लक्ष्मण भट्टराई, पिताम्बर सेजवाल, रामप्रसाद पोखरेललाई चयन गरेको छ ।
भेलाकाे प्रतिनिधिसभा सदस्य समेत रहनुभएकी केन्द्रीय सदस्य साेविता गाैतम, केन्द्रीय सदस्य विजय जैरू र जिल्ला सभापति भुसालले सामुहिक रुपमा घण्टी बजाएर उद्घाटन गर्नुभएकाे थियाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच