चितवन । चितवनको रत्ननगरस्थित टिकौलीचौरमा यही मंसिर २२ गतेबाट राष्ट्रियस्तरको महिला फुटबल प्रतियोगिता हुने भएको छ । रत्ननगर नगरपालिका-९ स्थित रत्नप्रिय क्लबले तेसो रत्नप्रिय कप महिला फुटबल प्रतियोगिता आयोजना गरेको हो ।
आयोजकले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता गर्नुको उद्देश्य र तयारीबारे जानकारी गराएको हो । प्रतियोगिताको ८० प्रतिशत तयारी सकिएको र राष्ट्रियस्तरका आठवटा टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष वसन्त रानाले जानकारी दिनुभयो । खेलकुदको विकासका लागि निरन्तर विभिन्न प्रतियोगिताहरू गर्दै आएको सो क्लबले यसभन्दा अघि पहिलो र दोस्रो रत्नप्रिय कप पुरुष फुटबल प्रतियोगिता गरिसकेको छ । यस वर्ष भने तेस्रो रत्नप्रिय कप महिला फुटबल प्रतियोगिता आयोजना गरिएको उहाँको भनाइ छ ।
प्रतियोगिताको विजेता टिमलाई एक लाख ११ हजार १११ र उपविजेता टिमलाई ५५ हजार ५५५ सहित शिल्ड, मेडल, ट्रफी प्रदान गरिने प्रतियोगिताका संयोजक प्रवेश कुँवरले जानकारी दिनुभयो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उदयमान खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र म्यान अफ दी म्याच घोषित हुने खेलाडीलाई पाँच÷पाँच हजार पुरस्कार प्रदान गरिने छ । सेन्टर कलेज मुख्य प्रायोजक रहेको उक्त प्रतियोगिताका आयोजक रत्नप्रिय क्लबसहित संकटा क्लब, बागमती युवा क्लब सर्लाही, हेटौंडा फुटबल एमेडेकी, निजगढ फुटबल क्लब, अभिषेक चर्ज रजहर, पद्मा स्पोटर्स क्लब ओखलढुंगाले प्रतिस्पर्धा गर्नेछन् ।
रत्ननगर नगरपालिका र वडा नं. ९ संरक्षक रहेको उक्त प्रतियोगिता २९ गतेसम्म चल्ने छ । पत्रकार सम्मेलनमा वडाध्यक्ष अनन्त अधिकारीले रत्नप्रिय क्लबले समाजमा परिवर्तन ल्याउने गरी सामाजिक विकास र खेलकुदको चौतर्फी विकासका लागि राष्ट्रियस्तरको फुटबल प्रतियोगिता गर्र्दै आएको भन्दै स्थानीय सरकारले सदैव सहयोग गर्ने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच