काठमाडौं । एसिएन प्यासिफिक सितोरियो कराँते महासंघको अध्यक्षमा दावा गुरुङ निर्वाचित हुनुभएको छ । सिंगापुरमा भएको विशेष अधिवेशन (कंग्रेस) मा सर्वाधिक १८ मत प्राप्त गर्दै गुरुङ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
कंग्रेसमा सहभागी २८ राष्ट्रबाट खसेको २३ मतमध्ये गुरुङले १८ मत प्राप्त गर्नुभएको थियो । गुरुङ नेपाल सितोरियो कराँते संघको अध्यक्ष र नेपाल कराँते महासंघका महासचिव हुनुहुन्छ ।
गुरुङका प्रत्यासी फिलिपिन्सका उम्मेदवारले आठ मत प्राप्त गरेका थिए । सिंगापुरमा १६औँ एसियन प्यासिफिक कराँते प्रतियोगिता सम्पन्न भएसँगै कंग्रेसले १७औँ प्यासिफिक सितोरियो कराँते प्रतियोगिता कहाँ र कुन मितिमा आयोजना गर्ने भन्नेबारेमा एक महिनाभित्रमा निर्णय गरी सार्वजनिक गरिने कंग्रेसमा सहभागी नेपाल सितोरियो कराँतेका संरक्षक युवराज लामाले जानकारी दिनुभयो ।
कंग्रेसअघि भएको १६औँ एसिएन प्यासिफिक सितोरियो कराँते प्रतियोगितामा नेपालले दुई स्वर्ण, दुई रजत र पाँच कांस्य पदकसहित नौ पदक जितेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच