टोकियो । जापानको मौसम एजेन्सीले एक सय २६ वर्ष पहिले रेकर्ड सुरु गरेदेखि सबैभन्दा तातो शरद ऋतु यो वर्षको भएको जनाएको छ ।
जापानी मौसम विज्ञान एजेन्सीले सोमबार आफ्नो वेबसाइटमा जापानमा यो वर्ष सामान्य भन्दा १.९७ डिग्री सेल्सियस तापक्रम बढी रहेको तथा यो सन् १८९८ पछिको सबैभन्दा धेरै तापक्रम रहेको उल्लेख गरेको छ ।
सेप्टेम्बर र नोभेम्बरको बिचमा, टोकियोमा सामान्य भन्दा २.४ डिग्री सेल्सियस, मध्य सहर नागोयामा २.९ र उत्तरी साप्पोरो सहरमा १.२ डिग्री बढी तापक्रम थियो । जापानले यस वर्ष चरम गर्मीको रेकर्ड गरेको छ जुन वैज्ञानिकहरूले जलवायु परिवर्तनको कारणले भएको बताएका छन् । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच