काठमाडौं । सोमबार दोहोरो अंकले बढेको सेयर बजारले मंगलबार पनि निरन्तरता पाएको छ । यस दिन सेयर बजार १७.८० अंकले बढेर २७७५.८५ अंकमा पुगेको छ । बैंकिङ, विकास बैंक, होटल, लगानी, लघुवित्त र निर्जीवन बिमा कम्पनी घटे पनि अन्य सबै समूहको सेयर मूल्य बढेको छ ।
मंगलबार तीन सय सात कम्पनीका एक करोड ८१ लख ६० हजार छ सय ३४ कित्ता सेयर आठ अर्ब ५२ करोड १२ लाख १९ हजार दुई सय ९९.६७ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । विभिन्न छ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । दिव्यश्वरी हाइड्रो, इङ्वा हाइड्रो, खानीखोला हाइड्रो, जोशी हाइड्रो, सुपर मादी हाइड्रो र एलआइसी नेपालको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।
सुपर सांगे हाइड्रोको भने सबैभन्दा बढी ९.५१ प्रतिशतले घटेको छ । ङादी ग्रुप पावरको सर्वाधिक २६ करोड ७४ लाख ३७ हजार सात सय ६४.९० रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुुसार साताको पहिलो दिन आइतबार बजार ९.९९ प्रतिशत घटेर आठ अर्ब ८३ करोड २२ लाख २५ हजार आठ सय ९२.८२ रुपैयाँ र सोमबार बजार १९.९७ अंकले बढेर १० अर्ब ५४ करोड १७ लाख ४६ हजार पाँच सय ६४.०७ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच